भव्य रुपमा दैलेखमा पनि प्रजातन्त्र दिवस मनाईयो (तस्विर सहित)
मातृभूमी संवाददाता । ७ फागुन दैलेख
आज राष्ट्रिय प्रजातन्त्र दिवस, दैलेखमा पनि मनाईएको छ । एक सय चार वर्षको जहानियाँ राणाशासन अन्त्य भइ देशमा प्रजातन्त्र बहाली भएको दिनको सम्झनामा फागुन ७ गते प्रजातन्त्र दिवस मनाउने गरिन्छ । प्रजातन्त्रकै जगमा लोकतन्त्र हुँदै देशमा अहिले संघिय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था स्थापना भएको छ ।
फागुन ७ मा प्रजातन्त्र स्थापना भएको सम्झनामा दैलेख सदरमुकामको गणेशचोक देखी सुरु भएको ¥यालिले वजार परिकर्मा गर्दै जिल्ला समन्य समितिको हलमा कार्यक्रम गरिएको थियो । कार्यक्रममा नेपाली सेनाको ईन्द्रदल गुल्मले व्याण्डवाजा पनि प्रस्तुत गरेको थियो भने प्रजातन्त्रका लागि जीवन उत्सर्ग गर्ने ज्ञातअज्ञात शहीदप्रति श्रादान्जली प्रार्थना र स्मरण गरिएको थियो ।
७० औँ प्रजातन्त्र दिवसको अवसरमा जिल्ला स्थीत विभिन्न राजनितिक दलका प्रमुख तथा प्रतिनिधी, राष्ट्रसेवक कर्मचारी, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, संचारकर्मी, वुद्धिजीवी लगाएत सर्वसाधारणको सहभागीता रहेको थियो ।
तस्विरमा प्रजातन्त्र दिवस