दैलेखमा चट्याङ लागेर एक महिला घाइते

मातृभूमी संवाददाता । ९ फागुन दैलेख
दैलेख सदरमुकाममा चट्याङ लाग्दा एक महिला घाईते भएकी छन् । सदरमुकाम स्थित नारायण नगरपालिका १ पुरानो बजार भगवती टोलमा चट्याङ पर्दा एक महिला घाइते भएकी हुन् । शुक्रवार विहान साढे ११ बजे घर नजिकै बकाईनोको रुखमा परेको चट्याङको झिल्को लागेर ५० बर्षीया लुरी सार्की घाइते भएकी हुन् ।
हात धुन लागिरहेका बेला चट्याङ लागेर भुईमा ढलेपछि स्थानीय बासिन्दाको सहायताले दैलेख अस्पतालमा पु¥याईएको घाइतेका छोरा नारायण बिशुन्केले बताए । घाइते महिलाको मुटुको चालमा समस्या देखिएको र उनको उपचार भईरहेको अस्पतालका प्रमुख डा. निरञ्जन पन्तले बताए ।
बाहिरी घाउ नदेखिए पनि करेन्टले असर गरेको डा. पन्तले जनाए । जल तथा मौषम पूर्वानुमान महाशाखाले शुक्रवार पश्चिमी न्यून चापिय वायुका प्रभावले देशभर आंशिक देखि पूर्ण बदली रहि केहि स्थानमा मेघ गर्जन, चट्याङ सहित बर्षातको सम्भावना रहेको जनाएको छ ।
जिल्लाको नारायण नगरपालिकाको भगवती टोल, खुर्सानीबारी, महाबु गाउँपालिकाको लामीडाँडा र ठाटीकाँध गाउँपालिकाको लामामेला अधिक चट्याङ पर्ने क्षेत्र हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *