नौमूलेमा असिनापानीले अन्नवाली नष्ट (फोटो फिचर)

मातृभूमी संवाददाता । १३ फागुन दैलेख (नौमूले)
आईतवार साझँ परेको असिना पानीले नौमूले गाउँपालिकाका कृषकले लगाएको अन्नवाली सखाप पारेको छ । गाउँपालिकाको वडा नं. ६ को माथिल्लो नाउलीमा कृषकले लगाएको गहुँ जौ तथा तरकारी वाली पुरै सखाप पारेको हो । अन्नबाली असिनाले नष्ट गरेपछि किसानहरु चिन्तित भएका छन् । त्यस क्षेत्रमा अन्नवाली तरकारी लगाएत फलफुलमा ठुलो क्षती पुगेको नेपाल तरुण दल दैलेखका अध्यक्ष लालवहादुर चन्दले जानकारी दिए ।
असिना पानीले ठुलो मात्रामा अन्नवालीमा क्षति पु¥याए पछि कसरी जीवन धान्ने भनेर किसानहरु चिन्तित भएको गाउँपालिकाका अध्यक्ष भदे वुढा मगरले वताए । अध्यक्ष वुढाले भने, ‘यसपाली अन्नवाली राम्रो थियो । किसान पनि खुसी थिए । तर पाक्नु अगावै असिनापनीले नष्ट ग¥यो किसान चिन्तामा छन् ।’

तस्वीरमा असिना पानी

फाेटाे क्रेडिट लाल वहादुर चन्द नाैमूले

Leave a Reply

Your email address will not be published. Required fields are marked *