सुर्खेत वुलवुले यातायात प्रा.लि.द्धारा यात्रु विमा रकम हस्तान्त्रण

मातृभूमी संवाददाता । १३ फागुन दैलेख
सुर्खेत वुलवुले यातायात प्रा.लि.ले यात्रु विमा रकम हस्तान्त्रण गरेको छ । गएको मंसिर १३ गते गुराँस गाउँपालिका ४ मुग्रामा भएको हाईस दुर्घटनाका मृतकलाई यात्रु विमा रकम जिल्ला प्रसाशन कार्यालय दैलेखलाई हस्तान्त्रण गरिएको हो । जिल्ला प्रशासन कार्यालय दैलेखले मृतकका आफन्तलाई उक्त रकम हस्तान्त्रण गर्ने छ ।
दुर्घटनामा परि वर्दियाको सानोश्री ८ तारातालका नामवहादुर वडुवाल, उनकी श्रीमति कमला वडुवाल र विरेन्द्रनगर नगरपालिका ३ का थिरे सुनारको ज्यान गएको थियो । थिरे सुनारका नजिकका हकवालाले पाउने ५ लाख र नामवहादुर दम्पतिका नजिकका हकवालाले पाउने ९ लाखको दुई वटा चेक जिल्ला प्रशासन कार्यालय दैलेखका सुव्वा तिलक प्रसाद न्यौपानेलाई हस्तान्त्रण गरिएको सुर्खेत वुलवुले यातायात प्रा.लि.का वरिष्ट सहायक ईन्चार्ज नमराज थापाले जानकारी दिए ।
ज्यान गएका नामवहादुर दम्पतिले पाउने वाँकी १ लाख रकम प्रा.लि.ले यस अघि नै क्रिया खर्च वापत दिईसकेको वरिष्ट सहायक ईन्चार्ज थापाले वताए । दुर्घटनामा परी अन्य १५ जना घाईते भएका थिए । घाईतेहरुको उपचार पछि घर फर्कि सकेको वरिष्ट सहायक ईन्चार्ज थापाले वताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *