पेट्रोलिय पदार्थ अन्वेषण : पहिलो चरणको काम सम्पन्न

मातृभूमी संवाददाता । १५ फागुन दैलेख
दैलेखमा पेट्रोलिय पदार्थ अन्वेषण अन्र्तगत पहिलो चरणको काम सम्पन्न भएको छ । साइस्मिक सर्भेको काम सकिएसँगै अन्वेषण अन्र्तगत पहिलो चरणको काम सम्पन्न भएको हो । यहाँका नाभिस्थान, शिरिस्थान, पादुका लगायतका क्षेत्रलाई आधार बनाई थालिएको पेट्रोलियम पदार्थ अन्वेषण अन्र्तगत पहिलो चरणको काम आज देखी सकिएको खानी तथा भूर्गभ विभागका अन्वेषण अधिकृत डा. गणेशनाथ त्रिपाठीले बताउनुभयो ।
गत कात्तिकदेखि सुरु गरिएको अन्वेषण अन्र्तगत जियोलोजिकल सर्भे, म्याग्नेट सर्भे, टेल्युरिक सर्भे, जिओकेमिकल सर्भे, स्याम्पलिङ सर्भे र साइस्मिक सर्भेको काम चिनियाँ प्राविधिक टोलीले सम्पन्न गरेको अन्वेषण अधिकृत डा. त्रिपाठीले बताउनुभयो । अन्वेषण अन्र्तगत सवै भन्दा महत्वपूर्ण मानिएको साइस्मिक सर्भेको काम आज सम्पन्न भएको हो ।
उहाँका अनुसार चिनियाँ प्राविधिक टोली अव चीन फर्कने छ । यहाँ संकलन गरिएका डाटाको तीन महिनासम्म अध्ययन गरी फर्केपछि चार किलोमिटर गहिराइ सम्म मुख्य ड्रिलिङको काम गर्ने डा. त्रिपाठीले बताउनुभयो । ड्रिलिङको काम आगामी वर्षको भदौ–असोजवाट सुरु हुने डा. त्रिपाठीले वताउनुभयो ।
चिनियाँ प्राविधिक टोलीले दैलेखका भैरवी, भगवतिमाई, महाँवु, डुङ्गेश्वर गाउँपालिका र नारायण, दुल्लु तथा चामुण्डा विन्द्रासैनी नगपालिकाका भू–भागलाई आधार मानी पेट्रोलियम पदार्थ अन्वेषणको काम गर्दै आएको थियो । यो टोलि चाईना पुगेर कुन ठाउँमा ड्रिलिङ गर्ने भनेर म्यापिङ गर्ने र फेरी अर्काे चिनियाँ टोलि ड्रिलिङका लागी आगामी वर्ष वर्षात्को समय पछि नेपाल आउने डा. त्रिपाठीले वताउनुभयो ।
उहाँका अनुसार नेपाली टोलिले पनि यो विचमा विभिन्न तयारीहरु गर्ने छ । नेपाली टोलिले विभिन्न अध्ययन तथा अनुसन्धान गर्ने र चाईनावाट नेपाल आउने टोलिलाई सघाउने डा. त्रिपाठीले वताउनुभयो ।
भारतले नेपालमा अघोषित नाकाबन्दी लगाएका वेला प्रधानमन्त्री भएका केपी शर्मा ओली चीन भ्रमणमा गएको बेला दैलेखमा रहेको पेट्रोलियम पदार्थ अन्वेषण गर्ने सहमति भएको थियो । उक्त सहमति अनुसार नेपाल सरकार खानी तथा भूर्गभ विभागका महानिर्देशक सोमनाथ सापकोटा र चिनियाँ सरकारको जिओलोजिकल सर्वे कम्पनीबीच दैलेखमा रहेको पेट्रोलियम पदार्थ अन्वेषण तथा उत्खनन् गर्ने सम्झौता भएको थियो । सम्झौतामा चीन सरकारले पेट्रोलिम पदार्थ अन्वेषणका लागि दुई अर्ब ४० करोड आर्थिक तथा प्राविधिक सहयोग गर्ने उल्लेख गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *