काण्डैकाण्डले मुलुक वर्वाद भयो : कांग्रेस महामन्त्री खड्का

मातृभूमी संवाददाता । १६ फागुन दैलेख
नेपाली कांग्रेसका महामन्त्री पूर्णबहादुर खड्काले वर्तमान सरकारका काण्डैकाण्डले मुलुक वर्वाद भएको वताएका छन् । सरकारमा वसेका विभिन्न मन्त्रिहरुले ठुल–ठुला भ्रष्टाचारका काण्डहरु मच्चाएकाले सरकार काण्डैकाण्डले घेरिएको वताएका हुन् । उनले सरकार गठन भएको दुई वर्षको अवधिमा वाइडवडी, न्यारोवडी, फोरजी सेवा विस्तार, सेक्युरिटी प्रिन्टिङ प्रेस, ललित निवास जग्गा प्रकरण लगायतका भ्रष्टूाचारका काण्डहरुले घेरिएको बताए ।
दुई तिहाई बहुमत नजिकको कम्युनिष्टको सरकार विभिन्न भ्रष्टाचार काण्डहरुले घेरिएको छ,’ शुक्रबार नेपाली कांग्रेस दैलेखको ऐतिहासिक प्रथम जिल्ला अधिवेशनको उद्घाटन गर्दै महामन्त्री खड्काले भने, ‘सरकारले गरेका भ्रष्टाचारसँगै जनविरोधी कामहरुलाई कांग्रेसजनले जनतासम्म पु¥याउनुपर्छ ।’ उनले पहिलो र दोस्रो जागरण अभियानका क्रममा सरकारका गलत क्रियाकलापहरुको भण्डाफोर गरिएको र यसलाई निरन्तरता दिनुपर्ने बताए ।
महामन्त्री खड्काले वर्तमान सरकारले संस्थात र नीतिगत भ्रष्टाचार गरिरहेको आरोप पनि लगाएका छन् । उनले भ्रष्टाचार, कमिसनतन्त्र र घुसखोरीमा जोसुकै संलग्न भएपनि कानुनको कठघरामा उभिनुपर्ने बताए । उनले ललिता निवास प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गरेको न्यायनिरुपण पूर्वाग्रही भएको बताए । ‘ललिता निवास प्रकरणमा मन्त्रिपरिषद्को निर्णयमा टेकेर संबैधानिक आयोगले त्यहीँ सरकारको प्रधानमन्त्री चोखो र त्यहीँ मन्त्रिपरिषद्को मन्त्री दोषि हुने जुन काम ग¥यो, त्यो पूर्वाग्रही छ,’ महामन्त्री खड्काले भने ।
कांग्रेस महामन्त्री खड्काले सरकारले गरेका भ्रष्टाचारको कुरा सार्वजनिक हुने वित्तिकै पार्टी सभापति शेरबहादुर देउवाको नाम मुछिने गरेकोप्रति आश्चर्य व्यक्त गरे । ‘वाइटवडी घोटालाको विषयमा पहिलो पटक संसदमा पार्टी सभापतिलेनै कुरा उठाउनु भएको हो,’ उनले भने, ‘केन्द्रीय समिति, संसदीय समितिलेनै वर्तमान सरकारले गरिरहेको विभिन्न भ्रष्टाचारको भण्डाफोर गरिरहेका बेला सभापतिको नाम मुछिनु गम्भीर विषय हो ।’
महामन्त्री खड्काले सरकारको गतिविधि, निर्णय र नीतिगत भ्रष्टाचारका कारणले जनतामा ठूलो निरासा छाएको बताए । उनले अगाडी भने सरकारका कारण जनतामा देखिएको निरासाको खाल्डोलाई पूर्ति गर्ने जिम्मेवारी इतिहासले फेरि एक पटक कांग्रेसको काँधमा सुम्पिएको बताए ।
दैलेख कांग्रेसले वडा, गाउँपालिका, नगरपालिका, प्रदेश, क्षेत्र र जिल्लाका सम्पुर्ण सम्मेलनहरु सम्पन्न गरेको छ । जिल्ला सम्मेलनमा जिल्लाका कांग्रेस अगुवा कार्यकर्ताहरुको वाक्लो उपस्थिति रहेको थियो । आउँदो १४ जिल्ला अधिवेशनलाई एकताको अधिवेशन वनाउन कार्यक्रममा वोल्ने अधिकांस वक्ताहरुको एक मत रहको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *