दैलेखका ४ स्थानीय तहमा १५ शैयाको अस्पताल निर्माण हुने
मातृभूमी संवाददाता । १९ फागुन दैलेख
दैलेखका ४ वटा स्थानीय तहमा १५ शैयाको अस्पताल निर्माण हुने भएको छ । अस्पताल निर्माणका लागी संघिय सरकारले स्वीकृति प्रदान गरेसँगै यहाँका ४ वटा स्थानीय तहमा १५ शैयाको अस्पताल निर्माण हुने भएको हो । सम्पुर्ण स्थानीय तहमा १५ शैयाको अस्पताल निर्माण गर्ने नेपाल सरकारको घोषणा अनुसार दैलेखका भगवतिमाई, भैरवी, महावु गाउँपालिका तथा चामुण्डा विन्द्रासैनी नगरपालिकामा १५ शैयाको अस्पताल निर्माण हुन लागेको स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री नवराज रावतले जानकारी दिए ।
मन्त्री रावतले भने, ‘नेपाल सरकारको मन्त्री स्तरीय निर्णयवाट दैलेखका ४ वटा स्थानीय तहमा १५ शैयाको अस्पताल निर्माणका लागी स्वीकृति प्रदान गरिएको छ । साथै कर्णाली प्रदेशका विभिन्न स्थानीय तहहरुमा अस्पताल निर्माणका लागी निर्णय भएको छ ।’
दैलेखको भगवतिमाई गाउँपालिकाले अस्पताल निर्माणको काम अन्तिम चरणमा पु¥याएको छ । गाउँपालिकाको ६७ लाख र कर्णाली प्रदेश सरकारको १ करोडको लागतमा अस्पतालको भवन निर्माणको कार्य अन्तिम चरणमा पु¥याएको गाउँपालिकाका अध्यक्ष दानवहादुर थापाले जानकारी दिए । उनले भने, ‘गाउँपालिकाको तेस्रो गाउँसभावाट १५ शैयाको अस्पताल निर्माणका लागी ६७ लाख रकम विनियोजन गरेका थियौँ । त्यसमा प्रदेश सरकारले १ करोड रकम थपिदियो । १ करोड ६७ लाखमा गाउँपालिकाकै थापा कन्ट्रक्सनले १ करोड ५ लाखमा निर्माणको जिम्मा लिएको छ ।’
गाउँपालिकामै १५ शैयाको अस्पताल निर्माण हुने भएपछि स्थानीयवासी खुसी भएका छन् । गाउँमै विषेशज्ञ सेवा पाउने भएपछि स्थानीयवासी खुसी भएको भगवतिमाई गाउँपालिका ७ का हिक्मत थापाले वताए । उनले भने, ‘अव गाउँमै विषेशज्ञ सेवा पाउने भईयो । सदरमुकाम र जिल्ला वाहिर जाँदा धेरै खर्च हुन्थ्यो । आफ्नै गाउँमा सर्वसुलभ सेवा पाउने भएपछि हामी खुसी छौँ ।’
यता भैरवी गाउँपालिकाले अव छिट्टै अस्पताल निर्माणको काम सुरु गर्ने वताएको छ । पुर्वाधार विकास समितिका संयोजक एव भैरवी गाउँपालिका ४ का अध्यक्ष विरेन्द्र शाहीले १५ शैयाको अस्पताल निर्माणका लागी स्वीकृती पाएसँगै अस्पताल निर्माणको काम छिट्टै सुरु गर्ने वताए । अस्पताल निर्माण भएपछि स्वास्थ्य सेवा विस्तार हुने र सामान्य उपचारका लागी जिल्ला सदरमुकाम तथा जिल्ला वाहिर जानुपर्ने वाध्यता हट्ने भैरवी गाउँपालिकाका अध्यक्ष प्रेमवहादुर वुढाले वताए ।
उता चामुण्डा विन्द्रासैनी नगरपालिकाका नगरप्रमुख सुर्यवहादुर शाहीले १५ शैयाको अस्पताल निर्माणका लागी संघिय सरकारले स्वीकृती प्रदान गरेसँगै स्थानीयवासी हर्षित भएको प्रतिक्रिया दिएका छन् । उनले भने, ‘हाम्रो लामो समयदेखीको एउटा सपना पुरा भएको छ । अव विषेशज्ञ सेवा सहितको स्वास्थ्य सेवा यहाँका गरिव, पिछडिएका वर्ग, विपन्न, आयस्तर न्युन भएका नागरिकले प्राप्त गर्नेछन् । उपचार नपाएर कसैले ज्यान गुमाउनु पर्ने छैन । सामान्य भन्दा सामान्य रोगको उपचारका लागी जिल्ला वाहिर जानुपर्ने वाध्यताको अन्त्य हुनेछ ।’
नगरपालिकामा १५ शैयाको अस्पताल निर्माणका लागी स्वीकृति पाएसँगै स्थानीय नागरिकमा खुसी छाएको स्थानीय सुरेन्द्र शाहीले वताए । उनले भने, ‘विगतका दिनमा सामान्य भन्दा सामान्या उपचारका लागी कित दुल्लु, कित दैलेख सदरमुकाम कित जिल्ला वाहिर जानु पर्ने वाध्यता थियो । अव ति र त्यस्ता दिन आउने छैनन् भन्ने आशा छ । स्थानीयवासीले आफ्नै आगनमा स्वास्थ्य सुविधा प्राप्त गर्नेछन् । खुसी लागेको छ ।’
यस्तै महावु गाउँपालिकाको रानीबन, भगवतीमाई गाउँपालिकाको मेहेलतोली, भैरवी गाउँपालिकाको भैरीकालिकाथुम र चामुन्द्रा विन्द्रासैनी नगरपालिकाको लयाटिविन्द्रासैनीमा अस्पताल निर्माण हुनेछ ।