खेलग्राम निर्माणका लागी दैलेखका २ स्थानीय तह छनौट

मातृभूमी संवाददाता । १९ फागुन दैलेख
दैलेखका २ वटा स्थानीय तहमा स्थानीय खेल पूर्वाधार निर्माण, विकास र विस्तार गरिने भएको छ । नेपाल सरकारले स्थानीय खेल पूर्वाधार निर्माण, विकास र विस्तारका लागि छनौट गरेसँगै यहाँका भगवतीमाई गाउँपालिका र नौमूले गाउँपालिकामा स्थानीय खेल पुर्वाधार निर्माण, विकास र विस्तार गरिने भएको हो ।
स्थानीय खेल पूर्वाधार निर्माण, विकास र विस्तारका लागी यहाँका भगवतीमाई गाउँपालिकाको वडा नं. ३ मा रु. ५० लाख र नौमुले गाउँपालिका वडा नं. ८ मा रु. ५० लाख रकम विनियोजन गरिएको प्रतिनिधी सभा सदस्य पार्वति विसुन्केले जानकारी दिईन् । स्थानीय खेल पूर्वाधार निर्माण, विकास र विस्तारका लागि भगवतिमाई गाउँपालिका वडा नं. ३ र नौमूले गाउँपालिका वडा नं. ८ छनौट भएका हुन् ।
छनौट भएका स्थानीय तहहरुले यस आर्थिक वर्ष भित्र काम सम्पन्न गरिसक्नु पर्ने प्रतिनिधी सभा सदस्य विसुन्केले जानकारी दिईन् । देशभरी छनौट भएका ८४ योजना मध्ये दैलेखका दुई वटा स्थानीय तहहरु मात्र छनौट भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *