दैलेखमा पनि स्वास्थ्य विमा कार्यक्रम शुरु

मातृभूमी संवाददाता । १९ फागुन दैलेख
दैलेखमा स्वास्थ्य वीमा शुभाम्भ भएको छ । नारायण नगरपालिका ४ सोतका जेष्ठ नागरिक दानबहादुर बडुवालको परिवारबाट प्राप्त बीमा वापत योगदान रकम प्राप्त भएको आधारमा दर्ता कार्ड प्रदान गर्दै जिल्ला समन्वय समितिका प्रमुख प्रेमबहादुर थापाले सोमवार एक कार्यक्रमबीच स्वास्थ्य विमा कार्यक्रमको शुभारम्भ गरेका हुन् । कार्यक्रममा नेकपाका कर्णाली प्रदेश सदस्य सूर्यबहादुर शाहीले सरकारले स्वास्थ्य बीमा सेवा सुरु गर्नु लोक कल्याणकारी दायित्व निर्वाह गरेको वताए । दैलेखका प्रमुख जिल्ला अधिकारी युवराज कटेलले स्वास्थ्य बीमा सेवामा सबैलाई सहभागी गराउन राजनीतिक दलहरु र समुदायको अग्रसरता जरुरी रहेको धारणा राखे ।
५३ औं जिल्लाको रुपमा सेवा सुरु गर्न आयोजित कार्यक्रममा दैलेख जिल्ला अस्पतालका इञ्चार्ज डा. निरञ्जन पन्तले स्वास्थ्य बीमा सेवा प्रभावकारी बनाउन स्वास्थ्य संस्थाको जनशक्ति, उपकरण र श्रोत बढाउन पर्ने आवश्यकता रहेको वताए । स्वास्थ्य बीमा सेवाको नीति, योजना र यसको औचित्य विषयमा स्वास्थ्य बीमा सेवा बोर्डका कार्यकारी निर्देशक रमेशकुमार पोखरेलले प्रष्ट पारेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *