दैलेखका व्यापारीहरुलाई कर सम्वन्धी तालिम

मातृभूमी संवाददाता । १९ फागुन दैलेख
दैलेख उद्योग बाणिज्य संघ र उद्योग बाणिज्य संघ केन्द्रीय कार्यालयको संयुक्त आयोजना दैलेखमा सञ्चालित कर प्रणाली बारे स्थानीय व्यापारीहरुलाई दुई दिने तालिम सोमवार सम्पन्न भएको छ । तालिम समापन कार्यक्रममा कर कार्यालय सुर्खेतका प्रमुख कर अधिकृत जगुलाल खरालले व्यापारीहरुले कर तिर्न हिच्किचाउनु नहुने सुझाव दिए ।
प्राकृतिक सम्पदा धनी दैलेखमा विकासका धेरै सम्भावना रहेकाले सम्पदा संरक्षण गर्न सके आन्तरिक पर्यटन बढाउन सहज हुने र यसले व्यापारमा समेत सघाउने बताए । दैलेख उद्योग बाणिज्य संघका अध्यक्ष कुलबहादुर बिक, उद्योग बाणिज्य संघ केन्द्रीय लेखा प्रमुख सूर्यराज पौडेल, चार्टर एकाउण्टेण्ट ज्ञानेन्द्र भारी र अडिटर योजना सिंह क्षेत्रीले तालिमको महत्व बारे आफ्नो भनाई राखेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *