अन्तराष्ट्रिय श्रमिक महिला दिवस मनाईदै

मातृभूमी संवाददाता । १९ फागुन दैलेख
११० औं अन्तराष्ट्रिय श्रमिक महिला दिवस मनाउन नारायण नगरपालिकाको समन्वयमा सोमवार तयारी बैठक सम्पन्न भएको छ । नारायण नगरपालिकाका उपप्रमुख सावित्री मल्लको अध्यक्षतामा भएको बैठकले हिंसा पीडित महिलालाई सहयोग गर्ने र सदरमुकाममा फागुन २५ गते ¥याली सहित कार्यक्रम गर्ने निर्णय गरेको छ ।
उक्त कार्यक्रमका लागि सामाजिक विकास कार्यालयले ३० हजार, नाराण नगरपालिकाको २४ हजार, महिला सशक्तिकरण मञ्चले २५ सय, अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक), नेपाल परिवार नियोजन संघ, सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेख र सेतो गुराँस संस्थाले एक–एक हजार रुपैंयाँ समेत ६० हजार ५ सय रुपैंयाँ जुटेको छ ।
हिंसा पीडित महिलालाई दिइने सहयोगको नामावली बारे फागुन २४ गते बस्ने अर्को बैठकले अन्तिम निर्णय गर्ने र फागुन २५ गते विभिन्न संचार माध्यामवाट परिसम्वाद सञ्चालनका लागि सहयोग गर्न अनुरोग गर्ने निर्णय भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *