देश दाैडाहाकाे क्रममा सुमार्गी दैलेखमा

मातृभूमी संवाददाता । २० फागुन दैलेख
निजी क्षेत्रको सबैभन्दा ठूलो संगठन नेपाल उद्योग वाणिज्य महासंघ (FNCCI) मा यतिबेला चुनावी माहोल तातिएको छ । आगामी चैत्रमा हुने महासंघको अधिवेशनका लागि चुनावी सरगर्मी तातिएको हो । महासंघका वर्तमान केन्द्रिय सदस्य समेत रहेका अरुण सुमार्गी आगामी अधिवेशनको जिल्ला नगर उपाध्यक्ष पदका उम्मेदवार हुन् । सुमार्गी मध्यमाञ्चल उद्योग वाणिज्य महासंघको अध्यक्ष साथै मकवानपुर उद्योग, वाणिज्य महासंघका पूर्वअध्यक्ष हुन् । सुमार्गी सहितको टोली चुनाव प्रचार प्रचारमा दैलेख आईपुगेको छ ।
सुमार्गीसँगै दैलेख आईपुगेका जाजरकोट उद्योग बाणिज्य संघका पूर्व अध्यक्ष कमानसिंह खड्का, मकवानपुर उद्योग बाणिज्य संघका अध्यक्ष कृष्ण कटुवाल, उपाध्यक्ष कृष्णकुमार गुप्ता अग्रवाल लगाएतको टोलीलाई दैलेख उद्योग बाणिज्य संघ दैलेखमा स्वागत गरिएको छ । संघका अध्यक्ष कुलबहादुर विक, पूर्ण अध्यक्षहरु शान्तिप्रसाद शर्मा, गणेशकुमार श्रेष्ठ, यामबहादुर मल्ल, बाणिज्य उपाध्यक्ष रुपक थापा, कोषाध्यक्ष सन्देश श्रेष्ठ (शैलेस) लगाएतले टोलीलाई स्वागत गरेका हुन् । कार्यक्रममा बोल्दै जिल्ला नगर उपाध्यक्ष पदका उम्मेदवार सुमार्गीले दैलेख जिल्ला स्रोतको अथाह भण्डार रहेको बताए । आफु उपाध्यमा निर्वाचित भए देशभरका उद्योगी व्यापारीहरुको हितमा काम गर्न कटिबद्ध रहेको औल्याए ।
दैलेख आईपुगेका सुमार्गी सहितको टोलीलाई स्वागत गर्दै दैलेख उद्योग बाणिज्य संघका अध्यक्ष कुलबहादुर विकले आफ्नो कार्यकालमा दैलेख उद्योग बाणिज्य संघको भवनको तला थप्न पहल गरिरहेको बताए । कार्यक्रममा जिल्लामा क्रियाशिल पत्रकारहरुको सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *