पत्रकार डेकेन्द्र हत्याका मुख्य आरोपी मध्येका एक जना १५ वर्ष पछि पक्राउ

मातृभूमी संवाददाता । २१ फागुन दैलेख
१५ वर्ष पछि पत्रकार डेकेन्द्रराज थापाको हत्याका मुख्य आरोपी मध्येका एकजनालाई पक्राउ गरी जिल्ला अदालत दैलेखले पुर्पक्षका लागि कारागार चलान गरेको छ । पत्रकार थापाको हत्याका मुख्य आरोपी मध्येका ४ जनामध्ये दुल्लु नगरपालिका ६ छिउडीपुसाकोट घर भएका ‘अरुण’ भनिने वमवहादुर खड्कालाई १५ वर्ष पछि जिल्ला प्रहरी कार्यालय दैलेखले मंगलवार जिल्ला अदालतमा उपस्थिती गराएपछि जिल्ला न्यायधिस दण्डपाणी लामिछानेको ईजलासले पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको हो । जिल्ला न्यायधिस लामिछानेको आदेश पछि मंगलवार नै खड्कालाई पुर्पपक्षका लागी जिल्ला कारागार चलान गरिएको हो ।
खड्का हालसम्म फरार रहेका थिए । माओवादी कार्यकर्ता खड्कालाई पत्रकार थापाको हत्यामा संलग्न रहेको आरोपमा कर्तव्य ज्यानमुद्धा जिल्ला अदालतमा दर्ता भएको थियो । उनलाई पक्राउ गरी प्रहरीले अदालतमा उपस्थित गराएपछि पुर्पक्षका लागि कारागार चलान गरिएको जिल्ला अदालतले जनाएको छ । जिल्ला अदालत दैलेखका सुचना अधिकारी विनोद आचार्यका अनुसार प्रहरीले खड्कालाई जिल्ला अदालतमा उपस्थिती गराएपछि मुल्तवीमा रहेको कर्तव्य ज्यानमुद्धा जगाई मंगलवार नै पुर्पक्षका लागि थुनामा राख्ने आदेश भएको हो । उनका अनुसार पत्रकार थापाको हत्यामा मुछिएका खड्काको पुर्पक्षमा राखेर अनुसंधान र वयान गरिने छ ।
हत्या आरोपी खड्कालाई जिल्ला प्रहरी कार्यालय दैलेखले मंगलवार विहान जिल्ला ल्याई पु¥याएको जनाएको छ । उनलाई कैलाली जिल्लावाट पक्राउ गरि अड्डासार गर्दै दैलेख ल्याईएको जिल्ला प्रहरी प्रमुख डिएसपी हरिवहादुर ओलीले जानकारी दिए । जिल्ला अदालतवाट फरार सुचीमा रहेका खड्कालाई ल्याईएको दिन मंगलवार नै जिल्ला अदालतमा उपस्थित गराईएको डिएसपी ओलीले हामीलाई जानकारी दिए ।
जिल्ला अदालत दैलेखले २०७१ साल मंसीर २१ गते फरार भनिएका खड्का सहित ४ जनालाई हाजिर भएका वा पक्रियका वखत वा अवधी पुगेपछि जगाई कारवाही र किनारा गर्ने आदेश गरेसँगै फरार रहेका उनलाई प्रहरीले पक्राउ गर्न सफल भएको हो । तत्कालिन जिल्ला न्यायधिस डिल्लीरत्न श्रेष्ठको ईजलासले उनीसँगै माओवादी कार्यकर्ता ‘मुक्ती’ भनिने वमवहादुर खड्का, भक्तिराम लामिछाने र केशव खड्काको हकमा सो फैसला गरेका थिए । सो फैसला पुनरावेदन अदालत सुर्खेतले सदर गरेको थियो ।
२०६१ साल साउन २७ गते नौमुलेको द्धारीमा माओवादी कार्यकर्ताहरुले मरणासन्न हुने गरी कुटेपछि सास रहँदै खाल्डोमा गाडेर पत्रकार थापाको हत्या गरेपछि स्थानिय पत्रकारको लामो खोजी र संघर्षपछि २०६५ सालको वर्षायाममा नौमुले गाउपालिका ३ (साविकको द्धारी गाविस १) मा रहेको नेरा निमावि नजिकको जंगलवाट उत्खनन्पछि उनको कंकाल फेला परेको थियो ।

1 thought on “पत्रकार डेकेन्द्र हत्याका मुख्य आरोपी मध्येका एक जना १५ वर्ष पछि पक्राउ

  1. अझै पनि पत्रकार डेकेन्द्रराज थापा हत्याका मुख्य अाराेपि मध्येका तिन जना खुलेअाम हिडिरहेका छन् । तिनलाइ पनि कानुनी कछघरामा ल्याउनहुन सम्वन्धीत निकायलाइ विनम्र अनुराेध गर्दछु । साथै दैलेखमा २०७० साल पछि दैलेखमा जतिपनि डिएसपी भएर अाए तिनहरूकाे कसैकाे दम देखीएन भनाै या देखाएनन् कसैकाे दवावमा थिए वा चासाे नै देखाएनन् । ढिलै भएपनि हत्यारा पक्राउ गरी कारागार चलान गर्न सफल हुनु भएकाेमा दैलेख प्रहरी प्रमुख हरीवहादुर वली सरलाइ हार्दिक धन्यवाद । क्रमशः अरूपनि यसरी नै पक्रिदै जाउन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!