भारतबाट घर फर्केका युवक मृत अवस्थामा फेला

मातृभूमी संवाददाता । फागुन २२ दैलेख
दैलेख जिल्ला सदरमुकाम नजिकै एक युवक मृत अवस्थामा भेटिएका छन् । जिल्लाको भैरबी गाउँपालिका–१ रावतकोटका २९ वर्षीय युवक लक्ष्मी योगी मृत अवस्थामा फेला परेका हुन् ।
उनको शव नारायण नगरपालिका–१ चिहानडाँडा नजिकैको जंगलमा फेला परेको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी नायब उपरीक्षक हरिबहादुर ओलीले जानकारी दिए । उनका अनुसार बुधवार जंगलमा घाँस काट्न गएको बेला स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।
मजदुरीका लागि भारत गएका योगी झण्डै एक साताअघि घर फर्कँदै गरेको जानकारी घरपरिवारलाई गराएको पारिवारिक स्रोतले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक ओलीले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!