बा ! म पत्रकारीता गर्छु

भिमवहादुर सिजापति
बुबा, मलाई तपाँईले ‘मेरो छोरा डाक्टर बन्छ, धेरै पैसा कमाउँछ अनि बालाई पाल्छ, आमाको उपचार गर्छ’ भन्दै बुई चढाएको हिजोझैं लाग्छ । मलाई हुर्काउन, सक्षम बनाउन तपाँईले आफ्ना धेरै इच्छा–आंकाक्षा समर्पित गर्नुभएको छ । मेरो खुसीका लागि तपाँईले गर्नुभएको समर्पण मैले बुझेको छु । छोरो डाक्टर वनोस, समाज र देशमा रहेका गरिव, असाह्य, अपांग, विपन्नको सेवा गरोस् भन्ने तपाँई चाहनुहुन्छ । तपाँईलाई मैले आफ्नो जिन्दगी सुरक्षित गरोस् भाई वहिनीलाई पढाओस भन्ने छ ।
आज तपाँईकै आर्शिवादले म त्यो सपना पूरा गर्ने स्थितिमा पुगेको पनि छु । तर बुबा, म डाक्टर वन्दैन, म विदेश पनि जान्न, जसोतसो एक सरो लुगा लाउन पुगेकै छ । मिठो मसिनो जे भएपछि दुई छाक खान पुगेकै छ । त्यसैले वुवा म स्वदेशमै वस्छु अनि पत्रकारीता गर्छु । केही वर्षअघि आज भन्दा झण्डै दश वर्ष अघि सायद साउन महिनामा छोराले रेडियोमा वोल्न थालेको थाहा पाएर तपाँईले ‘छोराले पढाइ बिगारेर पत्रकारीतामा लाग्यो’ भनेर खाना नखाई वसेको भनेर आमाले फोनमा सुनाएको मैले बिर्सेको छैन ।
तपाँईको चिन्ता नाजायज पनि होइन । आफ्ना छोराछोरी ठूलो मान्छे बनुन्, धेरै पढुन्, जागिर खाउन्, पैसा कमाउन् भन्नु स्वाभाविकै हो । अहिलेको विषम परिस्थिति हेर्दा अन्य पेशामा नलागुन् भन्नु बुबाआमाको ठाउँबाट सही हो । तर बुबा, पोखरी फोहोर छ भनेर सफा नगर्ने हो भने पोखरी कसरी सफा हुन्छ त ?
म जन्मेको दिन नेपाल बन्द थियो । त्यसैले, म घरमै जन्मिएँ । म झोला बोकेर स्कुल जान हिँड्थेँ, आज बन्द भनिन्थ्यो । अनि, म चुपचाप फर्किन्थेँ । मैले एसएलसी दिँदै गर्दा मेरो प्रश्नपत्र बाहिरेको भन्दै पत्रिकामा छापिएको थियो । जब म डाक्टर बन्न प्रवेश परीक्षा दिन तम्सिएँ, राजनीतिक आडमा प्रश्नपत्र बाहिरिएको अनि बेचिएको खबर आयो । घुस खाएर नाम निकालेको खबर आयो । त्यसपछि मैले सानै छँदा सुनेको थिए ‘समाज ऐना कोही छ भने त्यो पत्रकार हो ।’ जब म डाक्टर बन्ने सपना त्यागेर जव पत्रकारीतामा प्रवेश गरे अनि थाहा पाए ।
देशमा जताततै, घुसखोरी, अत्याचार, हत्याहिंसा, वलत्कार, घरेलुहिंसा, महिलाहिंसा, छाउपडि, वोक्सी, दाईजो, छुवाछुत, वन्द, हड्ताल, कुटपिट, रुवाकल्लि लगाएतका अनेकौ वेथिति विसंगती हाम्रो समाजमा व्यप्त रहेको पाए । अनि त्यसै दिन एक प्रण गरे अव समाज वदल्न संचार माध्याम, संचारकर्मी र पत्रकारले मात्र सक्छ र अव पत्रकारीता नै गर्छु । यसलाई आफ्नो मुख्य व्यवसाय वनाउछु । बुबा, तपाँई पत्रकारीता नगर भन्नुहुन्छ तर म त जन्मेकै पत्रकारीता गर्न हो झैं लाग्छ ।
नेपालको राजनीति मात्रै होइन, नेपालको इतिहास पनि संक्रमणकालबाट गुज्रँदै छ । यो सामान्य परिस्थिति होइन । तपाँई आफ्ना छोराछोरी देश विदेश जाउन्, नेपालमा दुःख खेपेर यहीँ इलम गर्न नपरोस् भन्नुहुन्छ । तर, फेरि तपाँईलाई देश राम्रो भएको पनि हेर्नुछ । बुबा, तपाँईलाई मेरो सामान्य प्रश्न, तपाँईका छोराछोरी पत्रकारितामा लाग्न नहुने अनि अर्काका छोराछोरीले तपाँईको समाजका निम्ति किन सधै लडिरहने पर्ने ? किन तपाँईको समाजलाई एका विहानै देश विदेशमा के भैरहेको छ भन्ने जानकारी दिनुपर्ने ?
तपाँई जस्तै सबैले यही सोच्छन्, अब भन्नुस् देशका दुरदराजमा रहेका वस्ती जहाँ रोग, भोक, गरिवी, अशिक्षा, अन्धविश्वास जस्ता कुरीती अझै व्यप्त छन् त्यहाँ कसले सचेतना फैलाउने ? यहाँ को बस्ने ? हुन त सचेतना फैलाउन पत्रकारीता नै गर्नुपर्छ भन्ने पनि होइन । तर म सानै छँदा तपाईले देश (भारत) वाट घर आउँदा सधै एउटा टेप (क्यासेट प्लयेर सहितको रेडियो) वोकेर आउनुहुन्थ्यो । त्यसमा क्यासेट कहिल्यै प्रयोग भएको मलाई याद छैन । जहिले रेडियो वजिरहन्थ्यो । अहिले आएर लाग्छ बा तपाँईलाई पनि त देश विदेशमा के भैरहेको छ भन्ने जानकारी त लिन मन लाग्दो रहेछ नी ।
हो । यस्तै देश विदेशमा रहेका तपाँईका जस्तै कसै न कसैका सन्तान त होलान् । तपाँईका जस्तै ईच्छा चाहाना र आकांक्षा भएका बाआमाका सन्तान त होलान् । त्यसैले बा आमनागरिकको भावना बुझेको मानिसले नै पत्रकारीता गर्छ र गर्न सक्छ । तर यहाँ त्यही छैन बुबा । पत्रकारीता एक व्यालेष्टिक मिसाईल हो । जुन जहाँ विष्पोट भयो त्याहाँको संरचना पुरै ध्वस्त हुन्छ । गाउँ, टोल, समाज हुँदै सिंगो राष्ट्र परिवर्तनमा पत्रकारको निकै नै ठुलो हात रहन्छ र रहि आएको पनि छ ।
यो पुस्तासँग भएको उत्तम र अन्तिम मौका पनि यही नै हो । अब पनि मेरो पुस्ताले समाज र देश वदल्ने दायित्व नलिने हो भने देश कहिल्यै बन्दैन । एकदिन यस्तो आउनेछ, नेपालीले आफू नेपाली हुँ भन्न लाज मान्ने छन् । त्यस्तो परिस्थिति रोक्नुछ बा । त्यसैले बुबा, मलाई २१ औं शताब्दिको विकास उन्मुख पत्रकारीता गर्नुछ । अब यो देशमा आधुनिक कृषिका बारेमा किसानसँगै खेत जोत्न सक्ने पत्रकार चाहिएको छ । इञ्जिनियर अनि विज्ञसँग बसेर पूर्वाधारको कुरा गर्न सक्ने पत्रकार चाहिएको छ । शिक्षा अनि स्वास्थ्य लाई प्राथमिकतामा राखेर नीति बनाउन सक्ने गरी कलम चलाउने पत्रकार चाहिएको छ । अनि, यो देशलाई युवासँगै गितार बोकेर युवाहरूसँग झुम्न सक्ने पत्रकारको खाँचो छ ।
त्यसैले अब मजस्तो युवा मैदानमा आउनुको विकल्प छैन । मैले धेरै युवालाई प्रतिनिधित्व गर्नुछ । मैले धेरै युवालाई हौस्याउनुछ । समाज र देश वदल्ने अभियानमन आउन प्रेरित गर्नुछ । त्यसैले पनि, अब मैले पाइला कमाउन हुँदैन बुबा, मैले पत्रकारीता नै गर्नुपर्छ । बुबा, समाज र देश बनाउने उत्तम समय २०४६ पछि तपाँईकै पालामा थियो, तर तपाँईको पुस्ता त्यहीँनेर चुक्यो । अब हाम्रो पुस्तालाई चुक्न दिनुहुँदैन । त्यसैले पनि बा अब म अघि बढ्नुपर्छ । धेरैलाई अघि बढाउनुपर्छ । पत्रकारीता नै सफा नभएसम्म केही हुनेवाला छैन । तपाँईको पुस्ताले अलि सक्रियता लिएको भए आज मैले पत्रकारीता गर्नुपर्दैन थियो ।
त्यसैले पनि, म मेरो आगामी पुस्ताका लागि निराशा छाडेर जान सक्दिन बुबा । मैले अब सुसंस्कृत समाज निर्माणको थालनी गर्नैपर्छ । अझै पनि मलाई बुझ्नु भएन अनि पत्रकारीता गरेर मैले आफ्नो भविष्य बिगार्दै छु भनेर सोच्नुहुन्छ भने बुबा म तपाँईसँग माफी माग्दै यति भन्न चाहन्छु, ‘बिग्रे आफू बिग्रन्छु, सप्रे सारा समाज र देश सपार्छु, बा म पत्रकारीता गर्छु ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *