ठाँटिकाँध गाउँपालिका ४ मा चट्याङ पर्दा २ जना घाईते

मातृभूमी संवादादाता । २३ फागुन दैलेख
दैलेखको ठाँटीकाँध गाउँपालिका ४ रानीवनमा चट्याङ पर्दा २ जना घाईते भएका छन् । शुक्रवार साँझ ५ बजेतिर रानीवनमा चटट्टयाङ पर्दा नजिकैको गाउँ चौरटोलमा २ जना घाइते भएका हुन् ।
घाईते हुनेमा ठाँटिकाँध गाउँपालिका ४ चौरटोलका ११ वर्षीय बालक नरेश बिक र ठाँटीकाँध गाउँपालिका २ पिपलचौतारा घर भई छोरीको घर गएकी ६१ वर्षीया नामसरा बिक चटट्टयाङले बेहोस वेहोस भएको स्थानीय दिपक बिकले जानकारी दिए ।
स्थानीय गाउँबजारको जनक मेडिकलमा घाइतहरुको प्राथमिक उपचार भएको तर मेडिकलवालाले गम्भीर अवस्था भनी जानकारी दिएको आधारमा सुर्खेत तर्फ लैजाने तयारी भएको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *