शव परीक्षण निःशुल्क गराउन आग्रह
मातृभूमी संवादादाता । २३ फागुन दैलेख
अनौचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)को नारायण नगरपालिका स्तरीय मानव अधिकार समूहले दैलेख जिल्ला अस्पतालले लिने गरेको शव परीक्षण शुल्क सबै सेवाग्राहीहरुका लागि निःशुल्क गराउन आग्रह गरेको छ ।
समूहका संयोजक रेखा थापाको नेतृत्वमा जिल्ला अस्पताल व्यवस्थापन समितिका अध्यक्ष लोमन शर्मा, सहायक प्रमुख जिल्ला अधिकारी इन्द्रबहादुर क्षेत्री र प्रहरी निरीक्षक नैनबहादुर सावदलाई भेटि शव परीक्षण निःशुल्क गराउँन ध्यानाकर्षण पत्र बुझाएको छ ।
हत्या, आत्महत्या, विपद् जस्ता घटनाबाट पीडितहरुका परिवारबाट शुल्क लिनु नेपालको संविधानको धारा ३५ को स्वास्थ्य सेवा सम्वन्धी अधिकारको विपरीतका कार्य भएको ध्यानाकर्षण पत्रमा उल्लेख गरिएको छ ।