विद्यार्थीबाट चर्को शुल्क उठाएको भन्दै आपत्ति

मातृभूमी संवाददाता । २४ फागुन दैलेख
विप्लव नेतृत्वको नेकपाको विद्यार्थी भ्रातृ संगठनले दैलेखका विभिन्न विद्यालयमा परीक्षा शुल्कको नाममा विद्यार्थीबाट चर्को शुल्क उठाइएको भन्दै आपत्ति जनाएको छ ।
अखिल नेपाल स्वतन्त्र विद्यार्थी यूनियन (क्रान्तिकारी)का जिल्ला अध्यक्ष उदय बिक ‘सुदर्शन’ले जारी गरेको विज्ञप्तिमा गरिव विपन्न बालबालिका पढ्ने सामुदायिक विद्यालयहरुले विद्यार्थी संख्याका आधारमा सरकारबाट अनुदान पाइरहेको अवस्थामा चर्को शुल्कउ ठाएको उल्लेख गरिएको छ ।
स्थानीय सरकारको जिम्मेवारीमा आइसक्दा पनि विद्यालयका शैक्षिक गुणस्तर उठाउन चासो नदिएको, विद्यालय व्यवस्थापन समितिमा प्रतिनिधित्व गर्ने राजनीतिक नेताहरुले आर्थिक अपचलन गर्ने गरेको लगायतका समस्याबारे क्रान्तिकारी यूनियनले चासो जनाएको छ ।
परीक्षा शुल्क हटाउन, आर्थिक अनियमिता तुरुन्त नरोकिए त्यस्ता अनियमितता विरुद्ध आमहड्ताल, हस्तक्षेप लगायतको कार्य गरिने क्रान्तिकारी यूनियनका जिल्ला अध्यक्ष सुदर्शनले बताए ।
यसबारे शिक्षा विकास तथा समन्वय इकाई दैलेखका प्रमुख तेज बहादुर थापालाई सोध्दा केही ठाउँमा परीक्षा शुल्क उठाइएको सिकायत आएकोले परीक्षा शुल्क समेत नलिन सार्वजनिक सूचना गरिएको जानकारी दिए ।
आधारभूत तह सम्मको शिक्षा निशुल्क हुने भनी नेपालको संविधानमै उल्लेखित भएकोले कक्षा ८ सम्मका विद्यार्थीबाट कुनै पनि शुल्क लिन पाइदैन । त्यस अनुसार निशुल्क गर्न पहिले नै सूचित गरिएको इकाई प्रमुख थापाले वताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *