वेथिति श्रृंखला–१८ : नारायण नगरपालिकाको वस्तुगत विवरणमा धेरै कुरा झुठ्ठो

मातृभूमी संवाददाता । २५ फागुन दैलेख
नारायण नगरपालिका दैलेखले प्रकाशन गरेको वस्तुगत विवरण २०७५ मा धेरै कुरा झुठ्ठो लेखी प्रकाशन गरेको पाईएको छ । नारायण नगरपालिकाको वस्तुगत विवरण २०७५ को पेज नं. ८५ मा लेखिएका धेरै कुरा झुठ्ठो भएको पाईएको हो ।
उक्त पेजमा फोहोरपानी प्रशोधनशाला निर्माणधिन, ल्यण्डाफिल साईट निर्माणधिन र वायोग्यास प्लान्ट निर्माणधिन भनेर लेखिएको छ । माथि उल्लेखित सवै कुरा झुठ्ठा भएको स्थानीयको भनाई छ । निर्माणधिन अवस्थामा रहेका सम्पुर्ण कुरा कहाँ निर्माण भैरहेको छ भन्ने समेत जानकारी नभएको स्थानीयको भनाई छ ।
यस्तै उक्त पेजको अन्तिममा नगरपालिकासँग नगर प्रहरी भ्यान भएको उल्लेख गरिएको छ । तर नारायण नगरपालिकामा हाल सम्म नत नगर प्रहरी छ नत नगर प्रहरी भ्यान नै । आफुसँग नभएको कुरा वस्तुगत विवरणमा उल्लेख गरी जनतालाई झुक्याउन खोजिएको भन्दै स्थानीवासी टोपेन्द्रकुमार थापाले आपत्ति जनाए । उनले भने, ‘आफुसँग जे छ, आफ्नो नगरपालिकामा रहेका कुराहरुको नगरवासी र अन्य स्थानीय तहलाई जानकारी गराउनका लागी तयार पारिने यस्ता वस्तुगत विवरणमा अनाआवश्यक कुरा उल्लेख गरी प्रकाशन गरी सिंगो नगरपालिकाको वेईज्जत गरिएको छ । यसमा सम्वन्धित निकायको ध्यान पुग्न जरुरी छ ।’
लाखौँ रुपैयाँ खर्च गरी प्रकाशन गरिएको कितावमा यसरी गल्ति गर्दै जानुमा कर्मचारी प्रशासन र स्वंयम नगरप्रमुख र उपप्रमुख माथि नै प्रश्न चिन्ह खडा भएको वुद्धिजीवीहरुको भनाई छ । विस्तृत रुपमा अध्ययन अनुसन्धान नगरी पैसा कुम्ल्याउने नियतिले नगरपालिकको वस्तुगत विवरण प्रकाशन गरिएको उनीहरुको वुझाई छ ।
नारायण नगरपालिकाका नगरप्रमुख रत्नवहादुर खड्काले आफुले यस विषयमा विस्तृत रुपमा वुझेर खवर गर्ने प्रतिक्रिया दिएका छन् । मातृभूमी अनलाईनसँगको कुराकानीमा नगप्रमुख खड्काले नगरपालिकासँग दमकल एक, डोजर एक, स्कार्पियो गाडि एक, टोयटा गाडी एक, ट्रिपर एक, ट्याक्टर एक, ११ वटा वडामा १÷१ वटा मोटर साईकल र नगरपालिकामा केहि मोटरसाईकल भएको तर नगर प्रहरी भ्यान नभएको वताए ।
नारायण नगरपालिकामा फोहोरपानी प्रशोधनशाला निर्माणधिन अवस्थामा रहेको भनिएको छ कहाँ निर्माण भईरहेको छ ? भन्ने हाम्रो प्रश्नमा नगरप्रमुख खड्काले यो हुँदै नहुने कुरा किन उल्लेख गरिएको हो ? यस विषयमा वुझेर खवर गर्ने वाहेक अन्य कुनै प्रतिक्रिया दिएनन् ।
यसरी हचुवाको भरमा वस्तुगत विवरण प्रकाशन गर्दा सिंगो नगरपालिकाको नै वेईज्जत भएको मिश्रीत प्रतिक्रिया आउने गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *