वेथिति श्रृंखला-१९ : नौमूले गाउँपालिकाको सम्पतिमा हाकिमको रजाई

मातृभूमी संवाददाता । २५ फागुन दैलेख
नौमुले गाउँपालिकामा रहेको मोटरसाईकल प्रमुख प्रशासकिय अधिकृत गणेशप्रसाद कोईरालाले आफ्ना परिवारका सदस्यलाइ दिएर सरकारी सम्पतीको दुरुपयोग गरेका छन् । प्रमुख प्रशासकिय अधिकृत कोईरालाले गाउँपालिका स्थित वडा नम्वर ५ को वडा कार्यालयको ७१६ नम्वरको मोटरसाईकल आफ्ना भाई रवि कोईरालालाई प्रयोग गर्न दिएका हुन् ।
वडा सचिव अमृता रामजालीले गाउँपालिकाबाट मोटरसाईकल बुझेकी हुन् । मंसिरदेखी वडा कार्यालयमा प्रयोग भएको बाईक प्रमुख प्रशासकिय अधिकृतले आफ्ना भाईलाई प्रयोग गर्न दिएको खुलेको छ । प्रमुख प्रशासकिय अधिकृतलाई मोटरसाईकल फिर्ता गर्नका लागि पटक पटक भन्दा समेत सुनुवाई नभएको एक कर्मचारीले बताए । अरु बाईकहरु पनि लैजाने धम्की दिने गरेको कर्मचारीहरु बताउँछन् ।
वडा सचिव खगेन्द्र न्यौपाने हुँदा मोटरसाईकल एक दिनका लागि काम परेको भन्दै लगेका बुझिएको छ । वडामा काम भईरहने भएपनि मोटरसाईकन नहुँदा समस्या पर्ने गरेको कर्मचारी बताउँछन् ।
वडामा मोटरसाईकल भएपनि हाकीमले परिवारका सदस्यलाई दिएपछि कर्मचारीहरु बोल्न सकेका छैनन् । ‘बाईकको बारेमा कुरा गरेपछि हाकीमले पेल्ला भन्ने डर ?’ नाम नछाप्ने शर्तमा एक कर्मचारीले भने, ‘नबोल्ने हो भने सरकारी सम्पतीमा परिवारको रजाई भएको छ ।’ कर्मचारीले बाईक फिर्ता माग्दा नदिने अँझ अरु बाईक लैजाने धम्की दिएको गुनासो गरेका छन् । यस विषयमा गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत गणेशप्रसाद कोईरालासंग प्रतिक्रिया माग्न सम्पर्क गर्दा उनीसँग फोन सम्पर्क हुन् सकेन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *