उपचार गर्न काठमाडौँ जानुपर्दैन : सभामुख शाही

मातृभूमी संवाददाता । २८ फागुन (चामुण्डा विन्द्रासैनी) दैलेख
कर्णाली प्रदेश सभाका सभामुख राजबहादुर शाहीले अबको पाँच वर्षभित्र कर्णाली प्रदेशका कोही पनि नागरिकले उपचार गर्न काठमाडौँ र लखनउ जानु नपर्ने बएका छन् । बुधबार जम्बुकाँधमा चामुण्डा विन्द्रासैनी नगरपालिकाको छैटौँ नगर सभाको उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् ।
सरकारले घोषणा नै गरी प्रत्येक स्थानीय तहमा १५ सैयाको अस्पताल निर्माण नितिलाई तिव्रताका साथ अघि बढाएको जानकारी सभामुख शाहीले दिए । कर्णाली प्रदेशले पनि नागरिकको स्वास्थ्य भन्दा ठुलो केही पनि नभएकाले स्वास्थ्यलाई प्रथामिकताका साथ अघि बढाएको उनले बताए । वर्तमान समयमा सरकारले जनताको अपेक्षा बमोजिमका काम गरेको समेत दावी गरे ।
सभामुख शाहीले साझा सहमतिबाट विकास गर्न सुझाव दिएका छन् । उनले भने, ‘राजनीतिक गर्ने काम नेताहरुको हो, जनप्रतिनिधिको होइन । जनप्रतिनिध साझा हुन् जनताका साझा काम गर्नुपर्छ । जनप्रतिनिधले त्यसको र मेरो भन्नु हुदैन, साझा भएरै नै काम गर्नुपर्छ । हामीलाई जनताले मतदान गरी काम गर्न पठाएका हुन् । त्यसको र मेरो भनि विवाद गर्न पठाएका होइनन् । जनप्रतिनिधिहरुले विवाद भन्दा पनि सिर्जनशिलतालाई प्रयोग गरी क्षमता प्रर्दशन गर्नु पर्नेमा जोडदिनुपर्छ ।’
वर्तमान समयमा स्थानीय तहमा राजनीतिक दलहरुले प्रतिपक्ष र सत्ता पक्ष भनि आन्दोलन गर्दै आएको तर संवैधानिक व्यवस्था अनुसार सत्ता पक्ष र प्रतिपक्ष सम्बन्धी व्यवस्था नभएको सभामुख शाहीले स्पष्ट पारे ।
सभामा जिल्ला विकास समितिका पुर्व उप सभापति एवम् नेपाल कम्युनिष्ट पार्टीका कर्णाली प्रदेश सदस्य सूर्यबहादुर शाहीले नगरपालिकाको समृद्धिका लागि सबै राजनीति दलहरु निस्वार्थ रुपबाट सहयोग गर्नुपर्नेमा जोड दिए । उनले भने, ‘अबको लडाई भनेको अधिकार प्राप्तिको लागि होइन, सबैको साझा लडाई भनेको आर्थिक समृद्धि हो । हाम्रो दुस्मन भनेको गरिवि हो ? अब सवैको साझा एजेण्डा नै आर्थिक समृद्धि हो ।’
चामुण्डा विन्द्रासैनी नगरपालिकाका नगरप्रमुख सूर्यबहादुर शाहीको अध्यक्षतामा उद्घाटन भएको सभामा उपप्रमुख ताराकुमारी शाही (खत्री) ले शुभकामना मन्तव्य राखेकी थिईन् । नगरसभा फागुन ३० गते ११ बजे सम्मका लागि स्थिगित गरिएको छ ।,

1 thought on “उपचार गर्न काठमाडौँ जानुपर्दैन : सभामुख शाही

Leave a Reply

Your email address will not be published. Required fields are marked *