आफैले चलाएको बन्दुक लागेर एक घाईते
मातृभूमी संवाददाता । ३० फागुन दैलेख
बाख्रा चराउन गएका एक जना जंगलमा आफुले बन्दुक पड्काउँदा घाईते भएका छन् । नौमुले गाउँपालिका २ का ३२ वर्षीय विर्ख बहादुर शाहीले बन्दुक पड्काउँदा घाईते भएका हुन् ।
बन्दुकले शाहीको खुट्टा र हातमा गोली लागेको जिल्ला प्रहरी कार्यालय दैलेखका निमित्ति प्रमुख नैनबहादुर सावदले बताए । उनको जिल्ला अस्पताल दैलेखमा उपचार हुन नसकेपछि थप उपचारका लागि प्रदेश अस्पताल सुर्खेतमा लगिएको छ । स्थानीयले जंगलबाट उद्धार गरि जिल्ला अस्पताल ल्याएका थिए ।
थप उपचारका लागि शुक्रवार सुर्खेत लगिएको जनाईएको छ । प्रहरी टोली शुक्रवार घटनास्थलमा अनुसन्धान गर्न पुगेको प्रहरीले जनाएको छ । अनुसन्धान गर्नका लागि र बन्दुक बरामद गर्नका लागि प्रहरी टोली गएको हो ।