चिनियाँ टोली फर्कियो

चिनियाँ टोलीलाई विदाई गर्दै प्रमुख जिल्ला अधिकारी ।

मातृभूमी संवाददाता । ३० फागुन दैलेख
पेट्रोलियम पदार्थको अन्वेषणका लागि ५ महिनाअघि दैलेख आएका चिनियाँ टोली जिल्लाबाट फर्किएको छ । उनीहरु अन्वेषणका क्रममा ‘सेस्मिक सर्भे’ को काम सकेर फर्किएका हुन् । यसअघि अन्य टोली काठमाडौं गएपनि जिल्लामा बाँकी रहेका २५ जनाको विशेषज्ञ र अन्य प्राविधिकहरुलाई प्रमुख जिल्ला अधिकारी युवराज कटेलले विधाई गरेका हुन् ।
चीनबाट १ सय ४० जनाको प्राविधिक टोली आएको थियो । जिल्लामा पेट्रोलियम पदार्थ रहेको भन्दै विभिन्न भागमा अन्वेषणका लागि टोलीले सर्वे गरेका थिए । कात्तिक अन्तिमतिर चिनियाँ टोली दैलेख आएका थिए । खानी तथा भूगर्भ विभागका भूगर्भविद् डा. गणेश त्रिपाठीले अन्वेषणका लागि आएका काम सम्पन्न गरेर जिल्लाबाट फर्किएको बताए ।
दैलेखमा आएको चार वटा टोली मध्ये पहिलो टोलीले सर्भे गरेर नक्सा निर्माण, दोस्रो टोलीले जीओलोजिकल सर्भे गरी जमिनको सतहमुनिको अवस्थाका विषयमा अनुसन्धान, तेस्रो टोलीले अन्वेषणका लागि आवश्यक पर्ने औजारहरु मगाउने र चौथो टोलीले सेस्मिक सर्भे गरेका थिए ।
डुङ्गेश्वर गाउँपालिका १ बेलपाटाको चुप्रामा र दुल्लु नगरपालिका ५ दुल्लू अस्पतालमा नजिकै बेस क्याम्प निर्माण गरी चार महिना बढी दैलेख बसेर अन्वेषण गरेका थिए । अन्वेषणका क्रमा टोलीले दुल्लू नगरपालिका, भैरवी गाउँपालिका, महाबु गाउँपालिका र नारायण नगरपालिका क्षेत्रलाई विशेष केन्द्रित र चामुण्डा बिन्द्रासैनी नगरपालिका, डुङ्गेश्वर गाउँपालिका, नौमुले गाउँपालिका र भगवतिमाई गाउँपालिकालाई केही भू–भाग समेटेर दश वटा सेस्मिक लाइनहरुमा दुई सय किलोमिटर सर्भे गर्न चार सय वर्ग किलोमिटर भू–भाग समेटेर सर्भे गरेका थिए ।
अन्वेषणका लागि पेट्रोलियम जिओलाजिकल सर्भे, म्याग्नेटो टेल्युरिक सर्भे, जिओकेमिकल स्याम्पलिङ गरि महत्वपूर्ण मानिएको सेस्मिक सर्भे हो । विभागका भूर्गभविद् त्रिपाठीका अनुसार यो कार्य अन्र्तगत कृत्रिम भूकम्प सिर्जना गरी उत्पन्न गरिएको भूकम्पीय तरङ्गहरु जमिनको सतह मुनिको धेरै गहिराईसम्म पठाएर सतहमुनि ठोक्किएर फिर्ता भएका तरङ्गहरुलाई सतहमा गाडिएका सेन्सरहरुमा रेकर्ड राख्ने र रेकर्ड गरिएका विभिन्न गहिराईबाट परावर्तन भई आएका तरङ्गहरुको प्रशोधन गर्ने छ ।
त्यसबाट तयार भएका तरङ्गहरुहरुको सुक्ष्म अध्ययन गरी पेट्रोलियम पदार्थको भण्डार कति कहाँबाट निकाल्ने थाहा हुने छ । उसका लागि चिन र अमेरिकामा रिर्पोट अध्यायन गर्न सकिन्छ । पेट्रोलियम पदार्थको अन्वेषणका क्रममा सुरक्षा प्रबन्ध मिलाएर सहयोेग गरेको भन्दै चीनको प्राविधिक टोलीले प्रमुख जिल्ला अधिकारीलाई धन्यवाद समेत दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *