चट्याङ पर्दा घरमा आगलागी

मातृभूमी संवाददाता । १ चैत्र दैलेख
दैलेखको ठाँटिकाँध गाउँपालिका ४ खनायकाँधमा चट्याङ परी आगलागी हुँदा एक घरमा क्षति पुगेको छ । चट्याङले नेत्र सिजापतिको घरमा आगलागी भएको हो । शुक्रवार विहान हावाहुरी सहित परेको चट्याङबाट आगलागी हुँदा घरमा क्षति भएको वडाध्यक्ष रमेश सिजापतिले बताए ।
घरमा जडान गरिएको सोलारपातामा चट्याङ पर्दा तार हुँदै व्याट्रि सम्म करेन्ट पुगी व्याट्रि पड्किदा घरमा आगलागी भएको वडाअध्यक्ष सिजापतिले वताए । मानवीय क्षति भने नभएको उनले जानकारी दिए । यस क्षेत्रमा निरन्तर चट्याङ परेर जनधनको क्षति हुन थालेपछि स्थानीयमा त्रास बढेको वडा अध्यक्षको भनाई छ । यसअघि पनि ठाँटिकाँध गाउँपालिका ४ कै रानिवनमा चट्याङ पर्दा नजिकैको गाउँ चौरटोलमा दुई जना घाईते भएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *