दैलेख प्रहरीद्धारा पत्रकारमाथि अभद्र व्यवहार

मातृभूमी संवाददाता । ४ फागुन दैलेख
जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी जवानले पत्रकारमाथी अभद्र व्यवहार गरेका छन् । नेपालमा भारतीय प्रहरी ड्रेस सहित घुमिरहेको विषयमा वुझ्न जाँदा पत्रकारमाथी प्रहरी जवानले अभद्र व्यवहार गरेका हुन् । प्रहरी जवान एस.पी. चौधरीले पत्रकार भिम सिजापति र नेपाल पत्रकार महासंघ दैलेख शाखाका सचिव नविन शर्मामाथि अभद्र व्यवहार गरेका हुन् ।
सचिव शर्माले हामी पत्रकार हो । भारतीय प्रहरी ड्रेस सहित घुमिरहेको विषयमा वुझ्नका लागी कार्यालयमा जान खोजेको हो भन्दा चौधरीले पत्रकार भए पनि वाहिर जानुस् भन्दै हात समाएर वाहिर धकेलेका थिए । उनले तपाँईहरु वाहिर जानुस् भित्र नवस्नुस् भनेर धकेल्दै वाहिर पठाएका थिए ।
पत्रकारलाई भित्र आउन नदिनु भन्ने आदेश थियो ? भन्ने हाम्रो प्रश्नमा जिल्ला प्रहरी कार्यालय दैलेखका ईन्स्पेक्टर उपेद्र प्रसाद आचार्यले आफुहरुले त्यस्तो कुनै आदेश नगरेको र उसले कसरी त्यसो ग¥यो त्यस विषयमा वुझ्ने प्रतिक्रिया दिए ।
मुस्कान सहितको प्रहरी सेवा, प्रहरी मेरो साथि लगाएतका नारा दिएको नेपाल प्रहरी भित्र प्रहरी जवान एस.पी. चौधरी जस्ता व्यक्तिका कारणले गर्दा जनता अझै पनि प्रहरीसँग डराउनु पर्ने अवस्था कायमै छ । राज्यको चौथो अंग मानिने पत्रकार माथि नै अभद्र व्यवहार गर्ने प्रहरीले आमा सर्वसाधारण नगरिकलाई कस्तो व्यवहार गर्लान् ? त्यो भने सोचनीय विषय वनेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *