नौमूलेमा दादुरा रुवेला खोपसम्बन्धि अभिमुखिकरण

मातृभूमी संवाददाता । ७ चैत्र दैलेख
नौमूले । नौमूले गाउँपालिकामा दादुरा रुवेला खोप अभियान अन्तरगत सरोकारवाला निकायसंग अभिमुखिीकरण कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा गाउँपालिकाका अध्यक्ष भदे वुढाले सवै स्वास्थ्यकर्मी तथा जनप्रतिनिधिलाई इमान्दारी पुर्वक जिम्मेवारी बहन गर्न आग्रह गरे । उनले एक जनाको हेलचेक्राईले कैयौँ बालक खोपवाट छुट्न सक्ने भन्दै सवै प्रकारका महामारी विरुद्ध एकजुट हुन आग्रह गरे ।
नौमूले गाउँपालिका स्वास्थ्य शाखा नौमूलेको आयोजनामा भएको अभिमुखिकरण कार्यक्रममा स्वास्थ्य शाखा प्रमुख भुपेन्द्र शाहीले दादुरा रुवेला सम्बन्धि जानकारी गराएका थिए । कार्यक्रममा वडा अध्यक्षहरु गाउँ कार्यपालिका सदस्यहरु तथा नौमूले गाउँपालिका भित्रका स्वास्थ्यकर्मीहरुको सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!