‘दैलेखमा ग्यास अभाव छैन’

मातृभूमी संवाददाता । ८ फागुन दैलेख
व्यापारीहरुले खाना पकाउने ग्यासको अभाव सिर्जना गराएको भनि आएको सिकायत गलत भएको व्यापारीहरुले वताएका छन् । शनिवार विहान ग्यास आयात हुँदा आफुहरुसँग प्रशस्त मात्रामा ग्यास भएको र शुक्रवार गरिएको अनुगमनका क्रममा भने जस्तो ग्यास नलुकाएको वताईएको छ । शुक्रवार जिल्ला प्रशासन कार्यालय दैलेखले अनुगमन गर्दा आफुहरुसँग भएको ग्यास उपभोक्ता र विभिन्न सरकारी निकायले सिलिप वुझाएकाले नभएको भनेको वताएका छन् ।
श्रेष्ठ भाँडा पसलका संचालक रवि श्रेष्ठले आफु विहिवार राति मात्र दैलेख सदरमुकाम ग्यासको गाडि लोड गरेर फक्रिएको शुक्रवार प्रशासनले अनुगमन गर्ने वेलामा ग्यास वुक भए नभएको वारेमा थाहा नहुँदा गलत वुझाईका कारण भ्रामक समचार वाहिरीएको वताए । उनले भने, ‘ग्यास कम्पनीले ग्यास पठाउन ढिलो गर्दा आफु लिन गएको र विहिवार राति मात्र फर्किए वुवाले यहाँ अर्डर स्लीप लगेर वेचिसक्नु भएको रहेछ । अर्डर गर्नेहरु ग्यास लिन आउन ढिलाई भएकाले त्यसो हुन गएको हो ।’
हामीसँग कुराकानी गर्दै श्रेष्ठले भने, ‘आज (शनिवार) विहान प्रशस्त मात्रामा ग्यास आईसकेको छ । हामी फुटकर ग्यास वेच्दैनौ जिल्ला सरकारी निकायले हामीसँग ग्यास लिनुहुन्छ । उहाँहरुलाई ग्यास दिईसकेको रहेछ । त्यो कुरा मैले थाहा पाईन । अनुगमन गर्दा भेटियो । नपत्याए आउनुस् हामीसँग अर्डर स्लिप पनि छ । हामी ग्यास फुटकर वेच्दैनौ । सव डिलरलाई वेच्छौँ । सव डिलरले १५ सय भन्दा वढि रकम लिए वरु हामीसँग सिकायत गर्नुहोस् ।’
श्रेष्ठले भने, ‘समचारमा भनिए जस्तो कोरोना भाइरसको प्रभावले आयात कमी भएको बाहना बनाउँदै ग्यास लुकाएर अभाव सिर्जना गर्ने, बढी मूल्यमा बिक्री गर्ने गरेको पाउनु भयो भने म जे सजाय पनि भोग्न तयार छु । विभिन्न संचार माध्याममा आएको समचारले मेरो आत्मसम्मानमा ठेस पुगेको छ ।’
यस्तै एलिजा स्टार्सका संचालक यज्ञराज रेग्मीले पनि त्यस्तै प्रतिक्रिया दिएका छन् । रेग्मीले भने, ‘आफुहरुसँग जम्मा ५ वटा ग्यास थियो । ३ वटा ग्यास आर्मि क्याम्पलाई वेचिसकेको थिए । १ वटा कविराज विसिलाई वेचिसकेको थिए । ग्यास वेचेको थाहा पाउने कर्मचारी र आफ्नो परिवार वाहिर भएको वेला गोदाममा ग्यास छ की छैन भनि थाहा नपाएर कागजमा हस्ताक्षर गरिहाले तर गोदाम हेर्दा ग्यास भेटेपछि जफत गरि लगे ।’
रेग्मीले हामीसँगको कुराकानी गर्दै भने, ‘कालोवजारी गर्ने नियत भएको भए एकैचोटि सयौँ ग्यास लुकाउथेँ किन तिन वटा मात्र लुकाउँथे र । मैले नेपालमा भारतले अघोषित नाकावन्दी लगाउँदा त आफुले सप्लाई गर्ने कार्यालयलाई कम दिएर सर्वसाधारणलार्य पहिलो प्राथमिकता दिएर ग्यास वितरण गरेको थिए । समचार आए जस्तो ग्यास नभएको वरु ग्यास अझै २÷३ ट्रक आउन लागेको र आवश्यक परे चोकमै राखेर वितरण गर्नेछु ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *