पत्रकार सन्दिपले गरे मास्क वितरण

मातृभूमी संवाददाता । ९ फागुन दैलेख
विश्वव्यापी रुपमा कोरोना भाइरस संक्रमण बढिरहेका बेला दैलेखमा समेत उच्च सर्तकता अपनाईएको छ । भाइरस फैलिन नदिन जिल्ला प्रशासन कार्यालय, स्वास्थ्य सेवा कार्यालय, सबै स्थानीय तहहरुले सर्तकता अपनाएका छन् । जिल्लाको तीन वटा स्थानमा हेल्थ डेक्स स्थापना गरिएको छ ।
यसैबिच यहाँका एक युवाले मास्क उत्पादन गरि विपन्न वस्तीमा निःशुल्क वितरण गर्न थालेका छन् । पत्रकार सन्दिप विश्वकर्माले माक्स्क उत्पादन गरि यहाँका विपन्न वस्तीमा निःशुल्क वितरण गर्न थालेका हुन् । कोरोना भाइरसको सन्त्रासका कारण मास्क अभाव हुन थालेपछि मास्क उत्पादन गरि विपन्न वस्तीमा वितरण गरिरहेको पत्रकार विश्वकर्माले वताए । फलाटिनको कपडाबाट माक्स उत्पादन गरि वितरण गरिएको विश्वकर्माले वताए ।
विपन्न, गरिव, असाह्य व्यक्ति तथा समुदायमा कुनै पनि रोग छिटो फेलने हुँदा यस्ता समुदाय तथा वस्तीमा मास्क वितरण अभियान संचालन गरीएको उनले वताएका छन् । शनिवार दैलेख सदरमुकामको नमुना वस्तीमा ३०० वटा मास्क वितरण गरिएको छ । पत्रकार विश्वकर्माका अनुसार दैलेख नारायण नगरपालिकामा ५०० वटा र नौमूले गाउँपालिकामा गरी १ हजार थान मास्क वितरण गर्ने लक्ष्य रहेको छ ।
आफ्नै लगानीमा मास्क उत्पादन गरी वितरण गरिरहेका पत्रकार सन्दिपले अन्य व्यक्ति र संघसंस्थाको साथ पाए अन्य स्थानीय तहमा मास्क वितरण गर्ने लक्ष्य रहेको वताए । उनले शनिवारै जिल्ला प्रहरी कार्यालय दैलेखमा पनि ५० थान मास्क वितरण गरेका छन् । हाल सदरमुकाम लगाए जिल्ला स–साना वजारहरुमा सर्जिकल तथा अन्य प्रकारका मास्कको अभाव रहेको छ । नमुना वस्तीमा गरिएकाे मास्क वितरण कार्यक्रममा जिल्ला स्थित पत्रकार, कर्मचारी, समाजसेवी लगाएतकाे वाक्लाे उपस्थिति रहेकाे थियाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *