संघले आफ्नो भूमिका निर्वाह गर्छ : अध्यक्ष वि.क.
मातृभूमी संवाददाता । ०९ फागुन दैलेख
दैलेख उद्योग वाणिज्य संघ दैलेखले ज्ञापनपत्र वुझाएको छ । संघले आईतवार सम्माननीय प्रधानमन्त्री र कर्णली प्रदेशका माननीय मुख्यमन्त्रीको कार्यालयलाई दैलेखका प्रमुख जिल्ला अधिकारी युवराज कटेल मार्फत ज्ञापनपत्र वुझाएको हो । कोराना भाइरसको विश्वव्यापी संक्रमणका कारण विश्वव्यापी रुपमा श्रृजना हुदै गएको मानवीय, सामाजिक र आर्थिक संकटमा सम्पूर्ण नीजि क्षेत्र तथा आम नागरिकलाई सहयोग पुग्ने गतिविधिहरु सञ्चालन गर्नहुनका लागि उद्योगी व्यववसायीलाई अपील गर्दै आईतवार जिल्ला प्रशाशन मार्पmत ज्ञापन पत्र वुझाईएको जनाईएको छ ।
दैलेख उद्योग वाणिज्य संघ दैलेखका अध्यक्ष कुलबहादुर विकले जिल्ला प्रशाशन कार्यालय दैलेखका प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र वुझाउँदै यो कठिन परिस्थीतिमा दैलेख उद्योग वाणिज्य संघ दैलेखले आफ्नो भूमिकामा रहि कर्तव्य निर्वाह गर्ने वताए । ‘अत्यावश्यक वस्तु औषधी, खाद्यान्न, पेटूोलियम पर्दाथको विक्रि वितरण, ढुवानी पारदर्शि र सहज ढंगवाट गराउन सरकारको तर्फवाट भरपर्दो सहयोगको अपेक्षा गर्दछौ’ दैलेख उद्योग वाणिज्य संघ दैलेखका अध्यक्ष कुलबहादुर विकद्धारा हस्ताक्षरीत ज्ञापनपत्रमा भनिएको छ ।
कोरोना भाईरस (कोभिड–१९) संक्रमणको जोखिमलाई न्यूनिकरण गर्न जनचेतनामूलक कार्यक्रमहरु तथा अत्यावश्क उपकरणहरु औषधी, सरसफाई सामाग्री, माक्स तथा स्यानिटाइजर जस्ता वस्तुको वितरण अति आवश्यक भएकाले सवै क्षेत्र भेगमा सूचना र वस्तु पुग्ने गरी व्यवस्था मिलाउन ज्ञापनपत्रमा उल्लेख गरिएको छ । साथै उक्त ज्ञापन पत्रमा अन्तराष्ट्रिय अर्थतन्त्रलाई कोरोना संक्रमणका कारण गम्भिर धक्का पुगेको परिपेक्ष्यमा हाम्रो अर्थतन्त्रलाई समेत गम्भीर असर पार्न थालेकाले दैलेखी उद्योगी व्यवसायीहरुले वैंकहरुवाट लिएको ऋणको सावाँ व्याज र सरकारलाई २०७६ चैत्र मसान्तसम्म तिर्नुपर्ने करको समयावधि थप र व्याज मिनाह गर्न सरकारलाई अनुरोध गरिएको छ ।