अनेरास्ववियूले गर्याे जनचेतना मुलक कार्यक्रम
मातृभूमी संवाददाता । ०९ फागुन दैलेख
अनेरास्ववियू दैलेखले सदरमुकाममा कोरोना भाइरस सम्बन्धी सचेतनामुलक कार्यक्रम सम्पन्न गरेको छ । ‘महामारी रोगको बारेमा सचेतना जगाऔँ, आफू बचौं र अरुलाई पनि बचाऔं’ भन्ने नाराका साथ कोरोना के हो ? कसरी सर्छ ? कसरी वच्न सकिन्छ ? भन्ने सन्देश सहितको एक हजार बढी ब्रोसर, पर्चा, पम्पलेटहरु सर्वसाधारणलाई वितरण गरिएको अनेरास्ववियू दैलेखका सह–संयोजक हेमन्त दशौंदीले जानकारी दिए ।
अनेरास्ववियूले दैलेखको लोकतान्त्रिक चोक, देवकोटा चोकमा सर्बसाधारणले देख्ने र बुझ्ने गरि सूचनामुलक व्यानर राखेको छ । कार्यक्रममा अनेरास्ववियूका केन्द्रीय सदस्य नबिनकुमार योगि, जिल्ला सह–संयोजक हेमन्त दशौंदी, युवा संघ दैलेखका नेता पुण्यप्रसाद शर्मा, विद्यार्थी नेता हेमा खड्का, नारायण क्याम्पसका स्ववियु अध्यक्ष रेखा थापा, कृष्णप्रसाद शर्मा, बिनिता थापा, खगेन्द्र खड्का लगायतका विद्यार्थीको सहभागीता रहेको थियो ।
सचेतना कार्यक्रम सफलताका लागि नेकपा कर्णाली प्रदेश कमिटी सदस्यहरु सुर्यबहादुर शाही, सावित्री मल्ल (नारायण नगरपालिका उपमेयर), मायाराम अधिकारी, नेकपा दैलेखका पार्टी सचिव प्रेम कटुवाल, यूवा नेता कुमारविक्रम शाहिले शुभकामना व्यक्त गरेका छन् ।
अनेरास्ववियू दैलेखले जिल्लाका ११ वटै स्थानीय तहमा आफ्ना सचेतनामुलक सामाग्री पठाइ सम्पुर्णमा सचेतना जगाउने कार्यक्रम राखेको छ । अनेरास्ववियू देश संकटको घडिमा रहेको बेला राहत, सचेतना जगाउने यस्तो संकटमा उपभोक्तालाइ अत्यवश्यक उपभोग्य सामाग्रीको कृतिम अभाव सिर्जना गरि कालोबजारी गर्ने व्यापारिलाई खवरदारी गर्ने र बजार अनुगमन मार्फत कारवाही गर्न सम्बन्धित निकायसँग माग गरेको छ ।
यतिबेला विश्वका १ सय ८८ भन्दा वढि देशहरु संक्रमणको महायुद्ध लडिरहेका बेला नेपालमा त्यो संक्रमण नदेखिनु सुखद रहेपनी हामी हाम्रा व्यबहार, खानपिन र सरसफाईमा ध्यान दिने र दिन लागाइ यो रोगबाट सबै जोगिन सह–संयोजक दशौंदीले सवैमा आग्रह गरे ।