कोरोना अस्पतालमा मृत्यु भएका युवकमा संक्रमण नभएको पुष्टि

मातृभूमी संवाददाता । १२ चैत्र चितवन
भरतपुरस्थित कोरोना विशेष अस्पतालमा उपचारका क्रममा मृत्यु भएका युवकमा कोरोना भाइरस ९कोभिड १९० संक्रमण नभएको पुष्टि भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको मंगलबार साँझ प्राप्त परीक्षण रिपोर्टमा मृतक सन्तोष यादवमा कोरोना संक्रमण नभएको पाइएको भरतपुर अस्पतालका मेडिकल सुपरिडेन्टेड श्रीराम तिवारीले जानकारी दिएका छन् ।
वीरगञ्ज २२ जनन्नाथपुरका ३० वर्षीय सन्तोष यादवको मंगलबार बिहान ९ः३० बजे उपचारका क्रममा मृत्यु भएको थियो । लुपस भन्ने रोगबाट पीडित उनमा ज्वरो र निमोनियाको लक्षण देखिएपछि चितवन मेडिकल कलेजबाट कोभिड १९ को आशंकामा ९ चैतमा रिफर भएर कोरोना विशेष अस्पताल लगिएको थियो । १० गते काठमाडौं पठाइएको स्वाबको रिपोर्ट मंगलबार आएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *