लकडाउन अवज्ञा गर्ने तिन जना पक्राउ

मातृभूमी संवाददाता । १२ चैत्र दैलेख
दैलेखमा लक डाउनको अवज्ञा गर्दै सवारी साधन चलाउने तीन जनालाई प्रहरीले नियन्त्रमा लिएको छ । सदरमुकाम दैलेख बजारमा तीन वटा मोटरसाइकल सहित तीन जनालाई प्रहरीले नियन्त्रणमा लिएको दैलेखका प्रहरी प्रमुख हरिबहादुर वलीले जानकारी दिएका छन् ।
जिल्ला प्रशासन कार्यालय दैलेखले अत्यावश्यक सवारी साधान बाहेक अन्य सवारी साधन सञ्चालनमा रोक लगाएको छ । यस्तै कोरोना भाइरस रोकथाम तथा न्यूनीकरण सम्बन्धी सावधानी अपनाउँदै दैलेखका पसलहरु चैत्र १९ गते सम्मका लागी बन्द गरिएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *