कर्णालीका ४ जिल्लाका २ सय १५ जना क्वारेन्टाइनमा

मातृभूमी संवाददाता । १३ चैत्र दैलेख
कर्णालीका चार जिल्लामा २ सय १५ जनालाई क्वारेन्टाइनमा राखिएको छ । कर्णाली प्रदेशका सुर्खेत, जाजरकोट, जुम्ला र रुकुम –पश्चिम) का २ सय १५ जनालाई क्वारेन्टाइनमा राखिएको हो । सुर्खेतमा १ सय २३ जना, जाजरकोटा ४९ जना, जुम्लामा ३७ जना र रुकुम (पश्चिम) मा ६ जनालाई क्वारेन्टाइनमा राखिएको जनाईएको छ ।
यस्तै अहिलेसम्म ल्याव टेष्टका लागि कर्णालीबाट पठाइएका मध्ये सात जनाको रिपोर्ट नेगेटिभ भएको पाईएको छ भने बिहीबार थप दुई जनाको ल्याव टेष्टका लागि काठमाडौं पठाइएको जनाईएको छ । ति मध्ये एक जना फ्रान्सबाट आएकी युवतीसँगै जहाजमा चढेका सुर्खेती युवक हुन् भने अर्का एक जना रुकुम पश्चिमका हुन् ।

1 thought on “कर्णालीका ४ जिल्लाका २ सय १५ जना क्वारेन्टाइनमा

Leave a Reply to Nar bahadur roka Cancel reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!