काेराेना भाइरस : लकडाउनको मारमा वादी समुदाय

मातृभूमी संवाददाता । १४ चैत्र दैलेख
लकडाउनले दैलेख सदरमुकाम गणेश चोक नजिकै वसोवास गर्दै आईरहेका वादी समुदायलाई विहान वेलुका छाक टार्न मुस्कील पर्दै आएको छ । ट्रक र गाडिका सामान लोड अनलोड गरी जिविको गुजार्दै आएका वादी समुदायलाई लकडाउनले छाक टार्न मुस्कील भएकोे हो । विश्वभर फैलिरहेको कोरोना भाइरस (कोभिड–१९) को संक्रमणको सम्भावित जोखिमलाई न्यनिकरण गर्न नेपाल सरकारले आउँदो १८ गते सम्मका लागी लकडाउन गरेपछि उनीहरुलाई विहान वेलुकाको छाक टार्न मुस्किल परेको हो ।
२०६० सालदेखि अस्थायी रुपमा नगरपालिकाको गणेश चोक नजिक वसोवास गर्दै आएका जग्गा विहिन भण्डै ५८ घरधुरी रहेका वादी समुदायले गाडिमा समान लोड अनलोड गरि जीवनयापन गर्दै आईरहेक छन् । कोरोनाको सम्भावित जोखिमलाई मध्यनजर गर्दै सरकारले लकडाउन गरेसँगै दैलेखमा गाडि आवत जावत नभएपछि उनीहरुको दिनचार्यमा सकस परेको छ ।
ओछ्यानबाट उठ्ने वित्तिकै यातायातका साधनबाट साहुको सामान लोड अनलोड गर्नेदेखि दैलेख बजारमा निम्नस्तरको मजदुरी गरि छाक टार्नमै उनीहरुको दिनचर्या बित्छ । ‘मजदुरीको पैसाले विहान बेलुकाको खाना जुटाउनै मुस्किल हुन्छ’ स्थानीय नरजीत वादीले भने, ‘यो लकडाउनमा छाक टार्न मुस्कील परेको छ ।’
नारायण नगरपालिका वडा नं. १ का अध्यक्ष तिर्थ नारायण श्रेष्ठ (ध्रुव) ले वडा नं. १ को विपद् कोषमा भएको रकमवाट उनीहरुलाई आवश्यक खाद्यान्न सामाग्री वितरण गरिने वताए । वडा अध्यक्ष श्रेष्ठले भने, ‘नारायण नगरपालिका वडा नं. १ को नमुना वस्ती, रातामाटे लगाएतका वस्तीमा आवश्यकताका आधारमा खाद्यान्न लगाएतका सामाग्री वितरण गरिने छ । यो संकटको घडिमा गरिव, न्युन स्तर भएका जनतालाई सहयोग गर्नका निम्ति वडा नं. १ ले विपद् शिर्षकमा केहि रकम छुट्टयाएको र सोहि रकम खर्च गरिने छ ।’
अरुकोमा काम गरि खाने मान्छे लकडाउन भएदेखी छाक गुजारा गर्न मुस्किल भएको वादी समुदायकी बिमला वादिको भनाई छ । ‘लकडाउन नहँुदा कतिवेला मालवाहाक गाडि आउँलान् र काम पाइएला भनेर बस्ने हामी जस्ता गरिवलाई अहिले निकै समस्या भएको छ’ उनले भनिन्, ‘वाल वच्चा कसरी वचाउने न गतिलो वास छ, नत खानलाई गास ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *