कोरनाले पत्यायो : समाजले पत्याएन

कविराज खत्री
यो शिर्षक सुन्दा कविलाई कोरना लाग्यो की भन्ने अर्थ लाग्ला । तर पत्याउनुको अर्थ छुन सकेको छैन भन्ने हो । शिर्षकको विषयमा यति नै चर्चा गरौं ।
मलाई अचम्म लाग्छ कहिले काँही ? हाम्रो समाज कति संक्रिण छ ? भनेर । हुन त नेपाल हो । नेपाल संक्रिण विधारधारा भएका मानिसहरुको हुल नै हो । तथापी मलाई यो भन्दा धेरै भन्नु केही छैन ।
प्रसंग समाज जुन समस्यामा जुधिरहेको छ, त्यही अवस्थाको हो । विश्वब्यापी रुपमा कोरना भाईरसले मानवजातीको विनास गर्न थालेको छ । यो परिस्थितीमा म समाजको एउटा नागरिक भएको हिसाबले आफु र आफनो समाजको चिन्तन गर्नु अस्वभाविक थिएन ।
कोरना भाईरसका विरुद्ध नेपाल सरकारले नेपाल लक डाउन गर्नुपूर्व मेरो मनमा एउटा कौतुहलता आयो, त्यो पनि नामूद मिडियामा समाचार आए पछि, ‘कर्णालीमा मास्कको अभाव’ त्यस पछि म कर्णाली वासी भएको नाताले कर्णालीलाई सँधै भिखारी र अभावको क्षेत्र भनेर चिनाउनुहुन्न भनेर तुरुन्तै सामाजिक संजालमा एउटा पोष्ट गरे., ‘ज्वालागढी वहुउद्देश्यीय उद्यम प्रा.लि.ले कर्णाली प्रदेशलाई पुग्ने मास्क बनाउन सक्दछ । ’ यो लेख्नुको मूख्य कारण के थियो भने, यसभन्दा अघि कर्णालीमा उत्पादन भएको अल्लोको झोला देउती गारमेन्ट र हामी मिलेर बनाएका थियौं । गारर्मेन्टका प्रोपराईटर लक्ष्मि ढकाल भाईसित जनशक्ति र मेसिन थियो । उहाँसित सल्लाह भए पछि हामीले मास्क उत्पादन शुरु ग¥यौ । कसलाई कति मास्क चाहिन्छ ? भनेर प्रचार ग¥यो । मन्त्रालयहरु, स्थानीय तहहरु र सरोकारवालाहरुसम्म हामीले यो खबर पठायौं । तर हाम्रो कुरा कसैले सुनेन । तथापी हामीले हाम्रो सामाजिक कार्य छाडेनौं । नेपालमा यसरी कोरनाका विरुद्ध लडन मास्क उत्पादन गर्ने हामी नै पहिलो हौं । यो हाम्रो दावा हो । हामीले यो कामलाई मिडियाकरण गरेनौं । किनभने सर्वप्रथम समाजलाई अप्ठेरो परेको बेला ब्यवशायिक धर्म निभाउँदै सेवा गर्नु नै हामीले हाम्रो प्रथम दायित्व ठान्यौं ।
त्यस पछि नेपाल सरकारले लक डाउनको घोषणा ग¥यो तर स्वास्थ्यकर्मीलाई कुनै किट नै नभएको थाहा पायौं । यस विषयमा देउती गारर्मेन्टका प्रोपराईटर लक्ष्मि ढकाल र म बसेर गम्भीरतापूर्वक छलफल ग¥यौं । मैले उहाँलाई भने, भाई हामीले सामाजिक उत्तरदायित्व निभाउन के किट उत्पादन गर्न सक्दैनौं त ? उहाँले भन्नुभयो, दाई हामी मिलेर काम गरौं, सक्छौं । त्यस पछि हामीले डेमोको रुपमा किट उत्पादन गरी सामाजिक संजालमा पोष्ट ग¥यौं । यो कुरा सुर्खेत उद्योग वाणिज्य संघका अध्यक्ष धनबहादुर रावत, महासचिव लक्षमण कँडेल, कोषाध्यक्ष भद्र भण्डारीले थाहा पाए पछि उहाँहरुले संस्थागत रुपमा मलाई फोन गरेर डा. नवराज के.सी.सित कुरा गराईदिनु भो । हामी देउती गारर्मेन्टमा गएर डेमोको रुपमा किट बनायौं । डक्टरसाबले राम्रो भयो भन्नु भयो । सोही दिन सुर्खेत उद्योग वाणिज्य संघका पदाधिकारीहरु र हामी आर्मीको क्याम्पमा गएर सिम्बोल हे¥यौं । त्यो भन्दा त हाम्रै उत्तम देखियो । त्यस पछि हामीले डक्टरको सल्लाह अनुसार उत्पादन दैनिक २०० सम्मका दरले गर्न थाल्यौ ।
आज देश होइन, विश्व कोरना भाईरसले ग्रसित छ । हामीले देउती गारर्मेन्ट मार्फत दिन र रात गरेर २० घण्टा लगातार स्वाथ्यकर्मीका लागि किट उत्पादन गरिरहेका छौं । सुत्न र खाना खान समेत पाएका छैनौं । यस बीचमा यो खबर प्रदेश सरकारलाई पनि सुनाएका छौं तर प्रदेश सरकारले हामीलाई त्यती विश्वास गर्न सकेको छैन । यर्थातमा भन्नु पर्दा कृषि, भूमीब्यवस्था तथा सहकारी मन्त्री माननीय विमला के.सी. ले देखी बाहेक अरुले हाम्रो कार्यलाई राम्रो समेत भन्नु भएको छैन । तथापी हामी नामका पछाडि होइन, समाजका पछाडि दौडिएका छौं । समाज बच्यो भने पो हामी बच्छौं । यो संकटको घडिमा हामीले केवल नाफालाई मात्र ध्यान नदिई समाज बचाउन लाग्नु पर्दछ भनेर आफनो जीवन हत्केलामा राखेर रातादिन काम गरिरहेका छौं । सबैलाई एउटा जानकारी गराउन चाहान्छौं, यसरी स्वाथ्यकर्मीका लागि सुलभ दरमा नेपला राज्यभरि पहिलो पटक किट उत्पादन गरेर वितरण गर्ने हामी मात्र हौं । हामीले मिडियाम यो कुरा हाईलाईट गरेर नाम कमाउन चाहेनौं । तर तर विभिन्न पत्रिका र संचारमाध्यमहरुमा हमीले यस्तो काम ग¥यौ भनेर समाचार आउँदा, हामी गर्न सक्छौं भनेर सरकारसित अनुदानको रकम कुम्ल्याउने दाउ खेल्दा र सरकारले पनि तिनैहरुलाई सहयोग गर्ने बचन दिदाँ अलि मन अमिलो हुने रहेछ ।
दिल खोलरे भन्छौं, हामीलाई कसैले नपत्याए पनि नेपालमा यो कन्सेप्ट ल्याएर पहिलो पटक काम गरिरहेका छौं । यसैमा गर्व लाग्छ, समाजसेवा गर्न पाउँदा । सुर्खेत उद्योग वाणिज्य संघ,देउती गारर्मेन्ट, ज्वालागढी वहुउद्देश्यीय उद्यम प्रा.लि. र डा. नवराज के.सी. हामी समाजका लागि आवश्यता अनुसार र हाम्रो क्षमता अनुसार निःशुल्क वा शसुल्क काम गर्न तयार छौं । तर मिडयालाई मेरो अनुरोध के छ भने, सकभर समाचार लेख्दा अलि गहि¥याईमा पुग्नुहोस वा समाचार दिने पात्रले मपाँई मात्र भनेर जस जसको योगदान हो, उहाँहरुलाई पनि सम्झनुहोस ।
आउनुहोस, सबै मिलेर कर्णाली प्रदेशमा कोरना भाइरसबाट १ जनाको पनि मृत्यु हुन नदिने प्रयासमा जुटौं । धन्यवाद ।
(लेखक ः खत्री ज्वालागढी वहुउद्देश्यीय उद्यम प्रा.लि. सुर्खेतका अध्यक्ष तथा उद्योग वाणिज्य महासंघ कर्णाली प्रदेशका सदस्य हुनुहुन्छ ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *