दैलेख टेलिकमको लापरवाहीका कारण दुर्घटनाकाे जाेखिम वढ्दाे

मातृभूमी संवाददाता । १५ चैत्र दैलेख
नेपाल टेलिकम दैलेखको लापरवाहीका कारण टेलिफोन तार लथालिंग रहेको छ । टेलिकमको लापरवाहीका कारण दैलखको गणेशचोक नजिक टेलिफोन तार लथालिंग अवस्थामा रहेका छन् । कृषि विकास कार्यालय अगाडि लथालिंग अवस्थामा रहेका टेलिफोन तारको व्यवस्थापनमा टेलिकमले ध्यान नदिदा महिनौ दिनदेखी लथालिंग अवस्थामै रहेको पाईएको छ ।
टेलिफोन तार अड्याउने पोल ढलेपछि महिनौं दिनदेखी टेलिफोन तार लथालिंग अवस्थामा रहेको स्थानीय नरेस चन्दले जानकारी दिए । उनले भने, ‘यहाँ तार लथालिंग भएको महिनौ भयो । यसको मर्मत र तार व्यवस्थापनमा सम्वन्धीत निकायले ध्यान नदिदा दुर्घटनाको जोखिम वढ्दै गएको छ । सम्वन्धित निकायले कहिले चासो दिने ?’
नेपाल टेलिकम दैलेखका प्रमुख जितवहादुर त्यागिले तत्काल नै मर्मत गर्न सकिने अवस्था नरहेको वताए । उनले भने, ‘अहिले नयाँ अप्टिकल फाईवर हाल्ने काम चलिरहेको छ । अप्टिकल फाईवरको समान आउन ढिलाई भएको र पुरानो तार तान्दा फोन लाईनहरु वन्द हुने हुँदा तत्कालै तार फाल्न सकस भएको हो । नेपालगञ्जमा अप्टिकल फाईवरको समान आईसकेको र दैलेख आउन ढिलाई भएका कारण तार लथालिंग अवस्थामा रहेको हो ।’
प्रमुख त्यागिले तारको व्यवस्थापन जति सक्यो छिट्टै गरिने वताएका छन् । उनले आफुहरु यस काममा लागिरहेको र मर्मत कार्यमा केहि ढिलाई भएका कारण अहिले तार लथालिंग अवस्थामा रहेको स्वीकार गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *