समचार प्रभाव : नमुना वस्तीको लगत संकलन

मातृभूमी संवाददाता । १५ चैत्र दैलेख
लक डाउनले वादी समुदायलाई समस्या भैरहेको समचार प्रकाशन भएपछि तत्कालै लगत संकलन गरिएको छ । नारायण नगरपालिका वडा नं. १ वडा अध्यक्ष तिर्थनारायण श्रेष्ठले लगत संकलन कार्यलाई तिव्रता दिएका छन् । शुक्रवार मातृभूमी अनलाईमा ‘कोरोना भाइरस : लक डाउनको मारमा वादी समुदाय’ शिर्षकको समचार प्रकाशन गरेको थियो ।
समचार प्रकाशन गरे लगतै अन्य निकायले चासो नदेखाएको र नारायण नगरपालिका वडा नं. १ मात्र अग्रसरता लिएको पाईएको छ । शुक्रवार दिउँसो नारायण नगरपालिका वडा नं. १ का अध्यक्ष तिर्थनारायण श्रेष्ठले गणेशचोकमो नमुना वस्तीमा पुगी सो वस्तीमा अहिले कति जना वसोवास गरिरहेका छन् भन्ने विषयमा जानकारी लिएका छन् ।
शुक्रवार नमुना वस्तीमा पुगेका श्रेष्ठले हाल ३५/४० घरधुरीमा १ सय ७६ जना वसोवास गरीरहेको वताए । उनले भने, ‘पहिलो चरणमा सामान्य जानकारी लिएका छौँ । कति घरधुरी छन् । कति जना वसोवास गरिरहेका छन् । लगाएतका विषयमा जानकारी लिएका छौँ । अव तत्कालै नारायण नगरपालिका वडा नं. १ को तर्फवाट केहि राहतका कार्यहरु संचालन गरिने छ ।’ वडाध्यक्ष श्रेष्ठले सहयोग गर्न चाहाने व्यक्ति संघ संस्थाहरुले वडाध्यक्ष श्रेष्ठको मोवाईल नं. ९८४८१४२३३३ मा सम्पर्क गर्नहुन अनुरोध समेत गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *