निःशुल्क तरकारी वितरण
मातृभूमी संवाददाता । १५ चैत्र दैलेख
डुङ्गेश्वर गाउँपालिकामा एक एग्रो फर्मले निःशुल्क तरकारी वितरण गरीरहेको छ । डुङ्गेश्वर गाउँपालिका वडा नं. ६ मा रहेको उन्नती एग्रो फर्मले निःशुल्क तरकारी वितरण गरेको हो । फर्मले नेपालमा कोरोनाको सम्भावित जोखिमलाई मध्य नजर गर्दै सरकारले लक डाउनको घोषणा गरेपछि निःशुल्क तरकारी वितरण गरेको एग्रो फर्मका संचालन देवेन्द्र गोदारले जानकारी दिए ।
उनले सामाजिक संजाल मार्फत निःशुल्क तरकारी वितरण गरिरहेको जानकारी दिएका हुन् । संचालक गोदारले सामाजिक संजाल फेसवुकमा लेखेका छन्, ‘लकडाउन अवधिसम्मलाई निःशुल्क तरकारी बाडिरहेको छु पायक पर्नेले लैजानुहोला ।’
उनको यो कार्यलाई धेरैले राम्रो काम भनेर प्रशंसा गरिरहेका छन् । आपत विपद्मा कुनै पनि समान लुकाएर कालो वजारी गर्नेहरुका लागी गतिलो उदाहरण भएको भन्दै नेपाल तरुण दल दैलेखका युवा नेता विनोद कुमार श्रेष्ठले प्रशंसा गरे ।