नौमूलेका गाउँ वस्तीमा सुरक्षा निकाय र गाउँपालिकाको टोली

मातृभूमी संवाददाता । १६ चैत्र दैलेख
विश्वव्यापी रुपमा फैलिएको (कोभिड–१९) कोरोना भाइरसको संक्रमण फैलिन नदिन नौमूले गाउँपालिकाका अध्यक्ष, स्वास्थ्यकर्मी लगाएत सुरक्षाकर्मीको टोली प्रचार प्रशार गर्दै गाउँ वस्तीमा पुगेको छ । गाउँपालिकाका अध्यक्ष भदे वुढा स्वास्थ्यकर्मी र सुरक्षाकर्मी लगाएत स्थानीय जनप्रतिनिधिको टोली कोरोना भाइरस सक्रमणवाट वच्नका लागि प्रचार गर्दै गाउँ वस्तीमा पुगेको हो ।

आइतवार नौमूले गाउँपालिकाको ६ सल्लेरी, ७ पैती र ८ चौराठाका वडाहरुमा जनचेतना जगाउँदै टोली गाँउ अभियानमा निस्केको नौमूले गाउँपालिकाका अध्यक्ष भदे वुढाले वताए । ‘संक्रमणवाट वच्न हामिले सवैलाई सचेत रहन सूचना जारी गर्दै सचेत रहन आग्रह गर्दै आएको छौ’ अध्यक्ष वुढाले भने, ‘यदि कोही कसैलाई कोरोनाको लक्षण देखा परेमा तुरुन्त स्वास्थ्य संस्थामा जान अनुरोध गर्दै आएका छौ ।’
साथै विदेशवाट आउने जोृ कोही पनि गाउँपालिकाको निगरानीमा रहेको वताउँदै अध्यक्ष वुढाले १४ दिनसम्म स्वास्थ्य परिक्षण गरेर मात्र घर जान दिइने वताए । नौमूले गाउँपालिकाको तोलीको एक विद्यालयमा क्वारेन्टाइन तयार पारिएको अध्यक्ष वुढाले वताए । यो संक्रमवाट वच्न सवैले साथ र सहयोग गर्नका लागि गाउँपालिकाले अनुरोध गरेको छ ।

२० लाखको कोरोना प्रकोप व्यवस्थापन कोष स्थापना

नौमूले गाउँपालिकाले २० लाख रुपैयाँको कोरोना प्रकोप व्यवस्थापन कोष स्थापना गरेको छ । कोभिड–१९ को सम्भावित जोखिमलाई मध्यनजर गरी आपतकालिन राहत कोष स्थापना गरिएको गाउँपालिकाका अध्यक्ष भदे वुढा मगरले वताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *