नगरपालिकाद्धारा किटनाशक औषधी छर्किदै

मातृभूमी संवाददाता । १६ चैत्र दैलेख
नारायण नगरपालिका दैलेखले कोरोना भाइरस (कोभिड(१९) को संक्रमण रोकथाम तथा नियन्त्रणका लागि दैलेख सदरमुकाममा किटनाशक औषधि छर्न थालेको छ । सरकारले स्थानीय तहलाई अनिवार्य क्लोरीनलगायतका किटनाशक औषधी छर्किन निर्देशन दिएपछि नारायण नगरपालिका दैलेखले आइतवार सदरमुकाममा किटनाशक औषधी छर्केको हो ।
नारायण नगरपालिकाले नेपाली सेनाको इन्द्रदल गुल्म दैलेखको सहयोगमा क्लोरीन छर्किन सुरु गरेको छ । सदरमुकाम दैलेख बजार क्षेत्रमा किटनाशक औषधि छरिएको नेपाली सेनाको इन्द्रदल गुल्म दैलेखका गुल्मपति गणेशराज पन्तले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *