कोरोना अपडेट : विश्वमा कोरोना संक्रमित संख्या ७ लाख नाघ्यो

मातृभूमी संवाददाता १६ चैत्र । विश्व महामारीको रुपमा फैलीएको कोरोना भाइरस (कोभिड–१९) संक्रमितको संख्या ७ लाख २१ हजार ५८४ पुगेको छ । गत २४ घण्टाभित्र करिब ६० हजार नयाँ संक्रमित थपिएका छन् ।
कोरोना भाइरस संक्रमणबाट ३३ हजार ९५८ ले ज्यान गुमाइसकेका छन् भने ज्यान गुमाउने संख्या इटालीमा सबभन्दा बढी छ । इटालीमा सोमबार बिहानसम्ममा १० हजार ७७९ ले ज्यान गुमाइसको विभिन्न सञ्चारमाध्यमहरुले जनाएका छन् । यस्तै सपेनमा ६ हजार ८०३ को मृत्यु भएको छ ।
अमेरिकामा संक्रमण तीव्र रूपमा फैलिरहेको छ । हालसम्म त्यहाँ १ लाख ४२ हजार १०६ जनामा संक्रमण पुष्टि भइसकेको छ भने २ हजार ४७९ ले ज्यान गुमाइसकेका छन् ।
सुरुवातमा इपिसेन्टर रहेको चीनमा आइतबार ३१ नयाँ संक्रमित थपिएको चिनियाँ सञ्चार माध्यम सीजीटीएनले जनाएको छ । तीमध्ये ३० जना अन्य देशबाट आएका यात्रुमा देखिएको राष्ट्रिय स्वास्थ्य आयोग चीनले बताएको छ। त्यस्तै ३ हजार ३०४ जनाको ज्यान गइसकेको छ ।
कुन देशमा कति (आँकडा)
अमेरिका
संक्रमित ः १,४२,१०६
मृत्यु ः २,४७९
निको ः २,६८६
इटाली
संक्रमित ः ९७,६८९
मृत्यु ः १०,७७९
निको ः १३,०३०
चीन
संक्रमित ः ८२,१२२
मृत्यु ः ३,३०४
निको ः ७५,५८२
स्पेन
संक्रमित ः ८०,११०
मृत्यु ः ६,८०३
निको ः १४,७०९
जर्मनी
संक्रमित ः ६२,०९५
मृत्यु ः ५४१
निको ः ९,२११
फ्रान्स
संक्रमित ः ४०,७२३
मृत्यु ः २,६११
निको ः ७,२२६
इरान
संक्रमित ः ३८,३०९
मृत्यु ः २,६४०
निको ः १२,३९१
बेलायत
संक्रमित ः १९,७८४
मृत्यु ः १,२३१
निको ः १५१

स्वीजरल्यान्ड
संक्रमित ः १४,८२९
मृत्यु ः ३००
निको ः १,५९५
नेदरल्यान्ड
संक्रमित ः १०,९३०
मृत्यु ः ७७२
निको ः २५३
दक्षिण कोरिया
संक्रमित ः ९,५८३
मृत्यु ः १५२
निको ः ५,०३३
भारत
संक्रमित ः १,०२४
मृत्यु ः २७
निको ः ९५
नेपाल
संक्रमित ः ५
मृत्यु ः ०
निको ः १

Leave a Reply

Your email address will not be published. Required fields are marked *