चैत २५ सम्म लक डाउन, हवाई सेवा प्रतिबन्ध वैशाख ३ सम्म


मातृभूमी संवाददाता १६ चैत ।
आइतबार साँझ बालुवाटारमा बसेको मन्त्री परिषद्को बैठकले उपप्रधानमन्त्री ईश्वर पोखरेलको नेतृत्वमा रहेको कोरोना भाइरस रोकथाम तथा नियन्त्रण उच्च स्तरिय समितिले लक डाउनको अवधि सात दिन थप्न गरेको सिफारिस अनुसार निर्णय गरेको हो ।
आइतबार दिउँसो सिंहदरबारमा बसेको कोरोना भाइरस रोकथाम तथा नियन्त्रण उच्च स्तरिय समितिको बैठकले चैत ११ देखि लागू भएको लक डाउन २५ गतेसम्म गर्न मन्त्रिपरिषदलाई सिफारिस गर्ने निष्कर्ष निकालेको थियो ।
समितीले लक डाउनका कारण प्रभावित भएका नागरिकहरूलाई राहत दिनेबारे दिएको सुझावलाइृ पनि मन्त्रिपरिषदले राहत प्याकेज ल्याएको छ ।
यसैगरि, सरकारले हवाई सेवा लगाएको प्रतिबन्ध थप गरेको छ । सरकारले अन्तर्राष्ट्रिय हवाई सेवाको उडान अवतरणमा वैशाख ३ गतेसम्मका लागि रोक लगाउने निर्णय गरेको छ । आइतबार कोरोना भाइरस ९कोभिड–१९० रोकथाम तथा नियन्त्रण उच्चस्तरी समन्य समितिको बैठकले हाल कायम रहेको अन्तर्राष्ट्रिय उडानमा लगाएको प्रतिबन्ध थप २०७७ सालको वैशाख ३ गतेसम्म कायम रहने निर्णय गरेको हो ।
आइतबार उद्धारका लागि १४ उडान भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयको ब्रिफिङ शाखाले जनाएको छ । लकडाउनपछि गन्तव्यमा पुग्न नसकेका पर्यटकलाई उद्धार गरिएको हो । आइतबार लुक्लाबाट १४ उडानमा पर्यटकलाई काठमाडौं ल्याएको छ । लुक्लाबाट ताराको–५, समिट–३, सीता–३, हेलिकप्टर–३ले काठमाडौंमा उद्धार गरेर ल्याएको विमानस्थल कार्यालयले जनाएको छ ।
लुक्लाबाट–१५८,पोखराबाट –१३३ गरि कुल १९१को उद्धार गरिएको पर्यटन बोर्डका निर्देशक लीला बानियाँले बताए । पोखराबाट भने बसबाट व्रिटिस र अष्ट्रलियन नागरिकलाई उद्धार गरिएको वानियाँको भनाई छ । लुक्लाबाट भने विदेशी सहित नेपाली नागरिकको पनि उद्धार गरिएको उनले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *