कोरोना बिरोधाभाष

दिपेन्द्र पौडेल

चिनको वुहानमा पहिलोपटक coronavirus outbreak भयो । आजसम‌्म आइपुग्दा संसारका सबैजसो देशमा पुगिसकेको बताइन्छ । कतै पुर्ण त कतै आंशिक लकडाउन को स्थिति छ। covid-19 बाट संक्रमित हुनेको र मर्नेको संख्या पनि बढिरहेको छ । यस्तोमा डर त्रास , अब के होला , भन्ने सन्त्रास सँगै केहि भ्रम केहि शंका केहि अड्कलबाजि पनि चलिरहेका छन । यस्तोमा केहि बिरोधाभाष पनि देखिएका छन । नेपाल पनि पुर्ण लकडाउन को अबस्थामा छ। म पनि सरकारको निर्णय मानेर सेल्फ quarantine मा बसिरहेको छु ।

यतिकै बस्न त गाह्रो हुँदोरहेछ । अहिले चलिरहेको कोरोनाको बारेमा नै अध्ययन गरौ न त भनेर अनलाइनमा भेटिएका news , fact checking, research, report, article हरु पढेपछि कोरोना र यस सम्बन्धि जे जति भैरहेको छ झट्टै जस्ताको तस्तै बिस्वास गर्ने सकिने स्थिति पनि छैन। किनकि सामान्य तबरले हेर्दा पनि केहि बिरोधाभाष पाइन्छ ।

मैले देखेका केहि बिरोधाभाषहरु

1) चिनबाट सुरु भएको यो सब । चिनबाटै सुरु गरौ । चिन लगभग अब कोरोनाबाट उन्मुक्त भैसकेको छ । हामिलाइ थाहा छ चिनको शासन शैलि र ब्यबस्था । सबै कुरामा सरकारी नियन्त्रण रहन्छ । कोरोना भाइरसको कारण चिनको अर्थतन्त्र मा पनि ठुलो घाटा पुगेको छ । यदि चिनले चाहेको भए कोरोना फेैलिएको कुरा पनि सजिलै लुकाउन सक्थ्यो। किन संसारलाई देखायो ?? देखायो भने कति बास्तबिकता देखायो ? के त्यति धेरै जनसंख्या भएको देशमा 2/3 महिनाको समयमा जम्मा 80/82 हजार मात्र संक्रमित, 3287 जना मात्र मृत्यु जबकि अन्य देशमा त्यो भन्दा कम समयमा यसको कैयौ गुणा मानिस मरेको बताइन्छ । अर्को कुरा चिनकै अन्य भागमा त्यति प्रभाव परेको पाइदैन जति बांकि देशमा अहिले देखिरहेको छ ।

यसैबिच The Economics Times को March 23, को एक समाचार अनुसार चिनमा मोवाइल सेवा प्रदायक कम्पनीहरु जसले सन 2000 देखि आफ्नो मासिक रिपोर्ट प्रकाशित गरिरहेका थिए , January /February को रिपोर्ट मा पहिलो पटक ग्राहक सँख्या घटेको देखाइएका छन। चिनमा प्रत्येक महिना तिनलाख बढि नयाँ सेवाग्राहि मोबाइल सेवा मा जोडिने गरेको मा अन्तिम तिन महिनामा करिव दुइ करोड दश लाख सिम कार्ड र करिव आठ लाख चालिस हजार ल्याण्ड लाइन फोन सेवा बाहिर रहेको जनाएको छ । यसबिचमा चिनमा रहेका तिनवटा मोवाइल सेवा प्रदायक कम्पनि हरु मा China Mobile limited का 80लाख +, China Telecom Corporation का 56 लाख + र China Unicom Hong Kong Ltd. का 78 लाख + ग्राहक घटेको बताएका छन ।

यसबाट केहि आशंका अबस्य उब्जिन्छ। के कोरोनाले मरेका कारण यति धेरै ग्राहक घटेका हुन ? यदि चिनमा बास्तबमै कोरोना फैलिएको हो भने मर्नेको संख्या अबस्य चिनले देखाए भन्दा कैयौ गुणा धेेरै हुनसक्छ । अर्कोतर्फ यो सब चिनको मास्क डिप्लोमेसि हुनसक्ने शंका पनि गरिएको छ । एकतर्फ चिनले आफुलाइ victim play गरेर डरको ब्यापारमा investment गरेको भन‌ने अनुमान पनि गरिएको छ भने अर्को तर्फ महामारी भनिएको कोरोना एक्कासी नियन्त्रण मा आउँछ अनि चिन सहायता लिएर बिस्वभर पुग्छ ।

युरोप अमेरिका अफ्रिका एसियाका प्राय देशमा कतै आफै सहायता लिएर पुगेको छ त कतै सहायता सामाग्रि दिएर पुगेको छ । ययिखेर आफुलाइ जिम्मेवार विस्व लिडर को रुपमा प्रस्तुत गरिरहेको छ । जि सेभेनमा अमेरिका एक्लिनु , सर्वियाका राष्ट्रपति अलेक्जेन्डर बुचिज ले चिन र चिनिया राष्ट्रपति को प्रसंसा गर्दै युरोपियन एकता झुठो परिकल्पना मात्र भएको बताउनु, सारा बिस्व चिनको सहयोग को अपेक्षा मा रहनु , WHO चिनको समर्थनमा उभिनु यसैलाइ चिनको मास्क डिप्लोमेसि मान्न सकिन्छ।

2) science नै भन्छ अहिलेको कोरोना भाइरसको पुर्खा 5.5 करोड बर्ष पहिले देखि नै पृथ्विमा छ। आज देखिराखेको कोरोना भाइरस पनि दश हजार बर्ष पहिले नै आएको मान्छ। USसरकारको health body Centre for Disease Control and Prevention (CDC) ले आज देखिराखेको कोरोना भाइरस देखिनु भन्दा अगि नै common cold जस्तै human corona virus रहेको र अधिकतम मानिसहरु आाफ्नो जिवन कालमा एक वा एकभन्दा बढिपटक यसबाट संक्रमित हुनसक्ने भनेको छ ।

यसको अर्थ तपाइ हामि पनि अस्ति भर्खर कोरोना भएर निको भएका हुन सक्छौ । कतिपयले यसलाइ सामान्य influenza नै मान्छन । New England Journal of medicine को एक research अनुसार covid-19को Incubation period 4 दिनको हुने र mortality rate पनि 0.01% नै भएको देखाएको छ जुन influenza सँग मिल्छ । यसको मतलब corona virus कुनै नयाँ भाइरस नभएर सामान्य इनफ्लुयन्जा सरह नै भएको भन्न सकिन्छ। यसैबिचमा Nicaragua , Mexico र ब्राजिलका राष्ट्रपति हरुले पनि covid-19 एकदम सामान्य भाइरस भएको र 3/4 दिनमा पुर्ण निको हुने बाताउँदै यो सब होहल्ला मिडियाको game plan भएको बताएका छन । ब्राजिलका राष्ट्रपति ले यदि आफु स्वयं corona संक्रमित भएमा पनि 3/4 दिनमा निको हुने कोहि नडराउन र चिन्तित नहुन भनिरहेका छन।

केहि दिन अगि डोनाल्ड ट्रम्प ले CDC को रिपोर्ट लाइ आधार बनाएर अमेरिकामा हरेक बर्ष flu का कारण दसौ हजार मान्छे मर्ने गरेको ले आफु अचम्ममा परेको र covid -19 लाइ मिडिया र डेमोक्र्याट्सहरुले अनावस्यक बढाइचढाइ गरेको आरोप लगाउँदै ट्विट गरेका थिए। CDCको रिपोर्ट अनुसार हरेक बर्ष अमेरिकामा Influenza like illness (ILI) बाट 93,00,000-450,00,000 जना संक्रमित हुन्छन। तीमध्ये 140,000-810,000 जना hospitalized हुन्छन र 12000-61000 जना मर्छन। upper limit चाहि 2017-18 को flue season मा को डाटा भनेको छ। सबैभन्दा संकटपूर्ण र धेरै मानिस मरेको भनिएको इटालिमा प्रत्येक बर्ष यहि ILIका कारण 20,000 बढि मान्छे मर्ने रहेछन। यसको के अर्थ लगाउन सकिन्छ भने यदि बर्षको अन्त्यसम्म अमेरिकामा 61हजार र इटालिमा 20हजार मान्छे कोरोनाकै कारण मर्छन भने पनि यो नर्मल नै हुनेछ ।अहिले मरिेहेका पनि ILI category अन्तरगत नै मरिरहेका हुनसक्छन।र यसअघि flueबाट मर्ने मध्ये कैयौ कोरोनाकै कारण मरेका पनि हुनसक्छन । फरक के हो त भन्दा पहिले कोरोना जाँच गर्ने किट थिएन । अहिले किट बनेको छ।

3) भनिन्छ हाम्रो वरिपरि बाताबरण र हाम्रै शरिरमा पनि खर्बौ भाइरस र ब्याक्टेरिया सदियौ देखि छन। मेडिकल साइन्स पनि भन्छ हाम्रो शरिर भाइरसको घर हो । र कोहि पनि आफ्नो घर भत्काउन मतलब हामिलाइ मार्न चाहदैन। हामि हाम्रै immunity कमजोर भएका कारण मर्छौ । यस्तोमा हरेक बर्ष नयाँ नयाँ भाइरस किन पत्ता लाग्छन ? किन महामारीको रुप दिइन्छ ? अघिल्ला बर्षहरुमा आएका स्वाइनफ्लु, बर्डफ्लु, निपा , जिका , इबोला , SARS, MERS, इन्सेफ्लाइटिस, डेङ्गु चिकनगुनिया कता गए ?? भाइरसले हामिलाइ मार्दैन भने भाइरसका नाममा रोगको नामाकरण किन गरिन्छ ?? पहिलो पटक AIDS पत्ता लाग्दा पनि अहिलेको कोरोना को जस्तै हल्ला फैलिएको थियो रे । पछि HIV भाइरस का कारण AIDS हुने कुरा नै बिबादित बनेको थियो । केहि बैज्ञानिकहरुले HIV मानिसको रगतमा कहिल्यै नपाइने र यसका कारण AIDS नहुने भनेका छन । यहि कुरा दक्षिण अफ्रिका का दोस्रो राष्ट्रपति Thabo Mbeki ले पनि भनेका थिए। जसकारण उनले आफ्नो दोस्रो कार्यकाल ‌सकिनुभन्दा नौ महिना अगि रास्ट्रपति पदबाट राजिनामा दिनुपरेको थियो । औषधि र रोगको ब्यापारमा सत्ता पल्टाउने सम्मका खेल हुन्छन । अाजको ब्यापारिक युगमा कोरोना भाइरस र यसका अनेक पक्ष को अध्ययन गर्दा स्वभाविक त लाग्दै लाग्दैन।

4) अन्तिममा , कोरोना भाइरस लाइ लिएर सबैभन्दा बढि बिरोधाभाष त यसको परिक्षण मा नै देखिन्छ । March 10,को The Washington Post को एक लेख अनुसार, covid-19 र सामान्यinfluenza का लक्षणलक्षणहरु समान छन र अहिले सम्म त्यस्तो कुनै unique clinical signatures छैन जसले covid-19 र influenza मा फरक छुट्याउन सक्छ। अहिले कोरोना positive negative भनेर भनिराखेको Real time Reverse Transcription Polymerise Chain Reaction(rRT-PCR) test बाट हो । PCR test को आविस्कार सन 1983 मा अमेरिकि biochemist Kary Mullis (Dec. 28.1944-aug. 7.2019) ले गरेका हुन । यहि PCR टेस्टको खोज बापत उनलाइ सन 1993 मा रसायनशास्त्र बिधा तर्फ नोवेल पुरस्कार पनि दिइएको थियो HIV का कारण Aids हुदैन भन्ने बैज्ञानिकहरु मध्ये यीनि पनि एक हुन। यीनि बैज्ञानिक आविष्कार हरु मानिसको सेवाको लागि हुनुपर्छ न कि ब्यापार गरेर पैसा कमाउन भन्ने मान्यता राख्दथे। यीनैले आफ्नो PCR टेस्ट लाइ लिएर एउटा statement दिएका छन ” PCR Test is to test the genetic sequence of a virus but not the virus itself ” यसको अर्थ PCR test ले शरिरमा रहेका भाइरसहरुको genetic sequence मात्र देखाउँछ न कि यो कुन भाइरस हो या कुन भाइरसको कारण शरिरमा antibodies उत्पादन भैराछ भनेर देखाउँछ ।

PCR टेस्ट गर्दा antibodies बढेको देखियो या virus को genetic sequence देखियो भने त्यो अन्य कुनै भाइरसका कारण , सामान्य रुघाखोकि , flu का कारण पनि हुन सक्छ तब कसरी corona नै हो भनेर कोरोना positive / negative भनेर भनिदैछ? यसैबिच New England Journal of Medicine ले चाइनामा हालै 1099 जनामा गरेको एक रिसर्च अनुसार PCR test ले 3 % false Negative test गरेको बताएको छ । जसको अर्थ हुन्छ हरेक सय जनामा 3 जनालाई कोरोना हुँदाहुँदै पनि कोरोना नभएको देखाएको छ भने अर्को एक अध्ययन अनुसार PCR test लाइ 99% specificity भनेको छ । जसको मतलब हरेक 100जना स्वस्थ ब्यक्तिको PCR टेस्ट गरियो भने एक जना स्वस्थ ब्यक्ति मा कोरोना पोजेटिभ देखिन्छ । यसर्थ हाल कोरोना परिक्षण गरिरहेको PCR test को accuracy र reliability माथि पनि प्रश्न उठ्छ ।

अन्तमा , विस्व मा , आजको ब्यापारिक युगमा अनेका क्रिया प्रतिक्रिया घटना घटिरहन्छन , राजनिति चल्छ , काण्ड हरु मच्चि नै रहन्छन । हामि आफै चनाखो हुनुपर्छ । हाम्रो स्वार्थ के कति बुझ्नुपर्छ। हाम्रो हित के मा छ मा विचार गर्न सक्नुपर्छ । कागले कान लग्यो भनेर दुनियाँ सँगै कागको पछि दौड्नुपर्छ भन्ने पनि हुँदैन । हाम्रा देशमा पनि विस्व अर्थतन्त्र , समाजब्यबस्था , राजनिति कुटनिति, मेडिकल साइन्स, बुझ्ने मान्छे होलान । तिनिहरु यतिखेर टक्क अडिएर यतिखेर आफ्नो कान छाम्ने बेला हो । के साँच्चै दुनियाँ ले भनेजस्तै कागले कान लगेर गएको हो कि होइन ??

Leave a Reply

Your email address will not be published. Required fields are marked *