ठाँटिकाँधमा नेपाली कांग्रेसले गर्याे ड्रम र सावुन वितरण
मातृभूमी संवाददाता । चैत्र १८ दैलेख
विश्वभर फैलिरहेको कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट जोगिन नेपाली कांग्रेस ठाँटिकाँधले स्वास्थ्य सामाग्री वितरण गरेको छ । भाइरसको संक्रमणवाट जोगिन नेपाली कांग्रेस ठाँटिकाँधले आग्रह गर्दै ठाँटिकाँध गाउँपालिकाका ६ ओटै वडामा रहेका स्वास्थ्य संस्थाहरुमा हातधुने साबुन र टुटि सहितको ३५ लिटरको ड्रम निःशुल्क वितरण गरेको हो ।
प्राथमिक स्वास्थ्य केन्द्र लकान्द्र, प्रहरी चौकी ठाटीकाँध र प्रत्येक वडामा रहेका स्वास्थ्य संस्थामा १÷१ ओटा टुटि सहितको ड्रम र केहि मात्रामा हातधुने साबुन वितरण गरिएको नेपाली कांग्रेस ठाँटीकाँध गाउँकार्य समतिका सभापति नाम बहादुर शाहीले जानकारी दिए ।
यस्तै ठाटीकाँध गाउँपालिकाको कार्यालयमा पनि टुटि सहितको ड्रम र हातधुने साबुन वितरण गरिएको शाहीले जानकारी दिए । उनले भने, ‘ठाँटीकाँध बजारमा पालिका भन्दा बाहिरबाट आएकाहरुलाई केही थान मास्क समेत वितरण गरेका छौँ ।’
शाहीका अनुसार ठाटीकाँधमा मास्क अभाव भएकाले २० ओटा जति मास्क वितरण गएिको छ । काँग्रेसले गाउँ–गाउँमा गयर कोरोना बाट बच्नका लागि उच्च सतर्कता अपनाउन नागरिकलाइ माईकिङ् गरिएको छ ।