कालिगण्डकीवाट आएका कामदार होम क्वारेन्टाइनमा वस्ने

मातृभूमी संवाददाता । १८ चैत्र दैलेख
कालिगण्डकीवाट आएका दैलेखका २७ जना कामदार होम क्वारेन्टाइनमा वस्ने भएका छन् । मंगलवार साँझ दैलेख सदरमुकाम आईपुगेका ति कामदार होम क्वारेन्टाइनमा वस्ने भएका हुन् । कालगण्डकी जलविधुत आयोजनामा काम गर्न गएका २७ जना मंगलवार साँझ दैलेख आईपुगेका हुन् । जिल्ला प्रहरी कार्यालय दैलेखले दैलेख आईपुगेका ति कामदारको सम्पर्क नम्वर, ठेगाना लिई सुरक्षित रुपमा होम क्वारेन्टाइनमा वस्न भनेको छ ।
होम क्वारेन्टाइनमा वस्ने कामदारहरुलाई स्वास्थ्यकर्मीको निगरानीमा राखिने छ । उनीहरुको स्वास्थ्यमा केहि समस्या आए जिल्लामा निर्माण गरिएका क्वारेन्टाइनमा ल्याईने छ । जिल्ला प्रहरी कार्यालय दैलेखका अनुसार केहि दिनमा भारतवाट केहि व्यक्तिहरु आउन लागेको र उनीहरु आएपछि जिल्लामा निर्माण गरिएको क्वारेन्टाइनमा राखिने छ ।
यस्तै हालसम्म कर्णाली प्रदेशबाट १४ जनाको स्याम्पल परिक्षणका लागि पठाइएको छ । परिक्षणका लागी पठाईएका मध्ये नौ जनाको रिर्पाेट नेगेटिभ देखिएको छ । कोरोना आशंका गरिएका सुर्खेतक एक र रुकुमका एक जनाको रिपोर्ट पनि नेगेटिभ भएको पाईएको छ । पाँच जनाको रिपोर्ट आउन बाँकी रहेको जनाईएको छ । कर्णाली प्रदेशभरी ३३२ जना फर्किएका छन् भने आठ जनालाई होम क्वारेन्टाइनमा राखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *