अव कर्णालीमै कोरोना परिक्षण हुने

मातृभूमी संवाददाता । १९ चैत्र दैलेख
कर्णाली प्रदेशमा वुधवारदेखी कोरोना भाइरसको परिक्षण गरिने भएको छ । अहिले सम्म शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा मात्र हुने गरेको कोरोना भाइरसको परिक्षण वुधवारदेखी कर्णाली प्रदेशमै गर्न लागिएको हो । वुधवारदेखी कर्णाली प्रदेशमा पनि कोरोना भाइरसको परिक्षण गरिने सामाजिक विकास मन्त्री दल रावलले जानकारी दिए ।
उनले सामाजिक संजाल फेसवुकमा मार्फत कोरोना परिक्षण कर्णाली प्रदेशबाटै हुने जानकारी दिदै लेखेका छन् । ‘आजसम्म (२०७६/१२/१९) केन्द्रिय प्रयोगशालामा परीक्षणका लागि पठाइएका थप ११ वटा Throat Swab मा सबै Corona Negative Report प्राप्त भएको छ । आज (वुधवार) बाट सुर्खेतमा नै Corona Virus परीक्षण प्रयोगशाला स्थापना हुने ।’
कोरोना भाइरस (कोभिड–१९) को परिक्षण कर्णाली प्रदेशमै हुने भएपछि यहाँ वासिन्दा निकै खुसी भएका छन् । परिक्षणका लागी काठमाण्डौ सम्म पठाउन र रिर्पाेट आउन समय लाग्ने भएकाले कर्णाली प्रदेशमा नै यसको व्यवस्था गर्न लागिएको भन्दै कर्णालीवासीले खुसि व्यक्त गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *