समाजसेवी एवं युवा व्यवसायी थापाद्धारा मास्क बितरण
मातृभूमी संवाददाता । १९ चैत्र दैलेख
दैलेखको महाबु गाउँपालिकामा ४ सय थान मास्क वितरण गरिएको छ । महावु गाउँपालिका २ निवासी नेकपाका युवा नेता समाजसेबी एबम निर्माण ब्याबसायी प्रकाश राज थापाले स्वास्थ्य चौकी, सामुदायिक स्वास्थ्य ईकाई र हेल्थ डेक्सलाई ४ सय थान मास्क बितरण गरेका हुन् ।
विश्वभर फैलिरहेको नोवल कोरोना भाईरस (कोभिड–१९) को संक्रमणवाट वच्न तथा महामारी फैलन नदिन महाबु गाउँपालिका २ बडखोला स्वास्थ्य चौकीमा १ सय ५० थान, एैराडी सामुदायिक स्वास्थ्य ईकाइमा १ सय ५० थान, भिरखेत हेल्थडेक्समा ५० थान, जलजले हेल्थडेक्समा ५० थान गरी ४ सय थान मास्क वितरण गरेको नेकपाका युवा नेता समाजसेबी एबम निर्माण ब्याबसायी थापाले जानकारी दिए ।
थापाले भने, ‘प्रत्येक स्वास्थ्य चौकी र हेल्थडेक्समा आफै पुगी मास्क बितरण गर्दै बिश्वमा महामारी रुपमा फैलिरहेको कोरोना भाईरसको संक्रमणवाट वच्न नागरिक सचेत बन्न र कसैले पनि यो कोरोना भाईरस लाई सामान्यतया लिनुहुन्न र आफै आफ्नो घरमा बसेर सुरक्षित हुनुपर्छ ।’ उनले यस रोगवाट वच्नका लागी आफै सचेत हुनु पर्ने वेला आएको वताए ।