कर्णाली राजमार्गमा ट्रक दुर्घटना ४ जना घाईते

मातृभूमी संवाददाता । २० चैत्र दैलेख
कर्णाली राजमार्गमा ट्रक दुर्घटना हुँदा ४ जना घाईते भएका छन् । सुर्खेत देखी ठाँटिकाँध तर्फ जाँदै गरेको ट्रक दुर्घटना हुँदा ४ जना घाईते भएका हुन् । दुर्घटनामा परि घाईते हुनेमा सिंजा गाउँपालिका ६ जुम्लाका कर्ण वुढा, ठाँटिकाँध गाउँपालिका १ का सागर साही, दुल्लु नगरपालिका २ की लक्ष्मी थापा र रमिला थापा रहेका छन् ।
घाईतेहरुको उद्धार पछि गुराँस गाउँपालिकाको एम्वुलेन्स मार्फत सुर्खेत लगि उपचार भैरहको छ । सुर्खेत देखी ठाँटिकाँधका लागी खाद्यान्न वोकेर गईरहेको भे १ ख २७३० नम्वरको ट्रक कर्णाली राजमार्गको सियालामा दुर्घटनामा परेको हो । ट्रक सडकवाट झण्डै ३ सय मिटर तल खसेको छ । ट्रक पुर्ण रुपमा क्षति भएको र ट्रकमा रहको समान दुर्घटना स्थलमै असरल्ल रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय दैलेखले जानकारी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *