राम भरोसामा कोरना : खाऔं भरोसामा सत्ता र समाज

कविराज खत्री
विश्वब्यापी महामारीका रुपमा देखिएको कोरनाले नेपालमा पनि डेरा जमाउन सफल भएको छ । कोरनालाई निस्तेज पार्न नेपाल सरकारले लग डाउनको घोषणा गरेको छ । घर जल्नुभन्दा पहिला कुवा खनेकै राम्रो कदम हो । यस विषयमा यति मात्रै उल्लेख गरौं ।
यो विषयको उठानलाई अलि शुक्ष्म तरिकाले गर्नु पूर्व हाम्रो सत्ता र समाजको प्रवृत्तिलाई उल्लेख गर्दा उचित होला । हाम्रो सत्ता यस्तो सत्ता भईदियो की जहिले पनि, जुनसुकै नेतृत्व आए पनि, जुनसुकै विचारधाराले प्रतिनिधित्व गरेता पनि २ वटा प्रभावदेखी बाहेक अरु केही हाँसिल हुन सकेन ।
क) विशेष गरी इन्डियाको र शक्तिशाली राष्ट्रको इसारामा सत्ता चलाउन र ।
ख) सत्तामा सत्तासिन भए पछि माडेहरुसित मिलेमतो गरेर राष्ट्रको ढुकुटी ब्यक्तिगत रुपमा कमाउ ।
हाम्रो सत्ताका मूख्य उपलब्धिपूर्ण यी २ कार्य देखी बाहेक अपेक्षाकृत रुपमा अरु उपलब्धि जिरो नै छ भन्दा त्यती अनुपयुक्त नहोला । यस विषयमा पनि यति नै उल्लेख गरौं ।

अव मूख्य शिर्षकमा जाऔं
रामभरोसामा कोरना

लग डाउन लम्बिदै जाँदा कोरना संक्रमण बढेर गएको छ । यो आलेख तयार पार्दासम्म ९ जना पुगेको भन्ने हल्ला छ । मृत्यु दर एक पनि भएको छैन । तर नेपालमा कि त जाँच्ने मेसिन कृत्रिम छ, कि त जाँच्ने मान्छे नै छैनन ? होइन भने आजगको युगमा तीन, चार दिन ज्वरो आएर, रुघाखोकी लागेर, सास फेर्न गाह्रो भएर कोही पनि मर्ने अवस्था नै छैन । कोरनाको हुबहु लक्षण देखिएर दिनमा तीन, चार जना त्यो पनि युवाहरु मरिरहेकाछन । नेपालको स्वास्थ्य क्षेत्रले कोरना भेटिएन भन्ने रिपोर्ट दिन्छ । अलि हास्यास्पद कुरा हो यो ।

यसबाट के पुष्टि हुन्छ भने नेपालमा

१. कोरना लागे नलागेको पत्ता लगाउने मेसिन नै छैन । भएको मेसिन पनि कि कृतिम हो कि विक्रेको हो ।
२. कोरना जाँच्ने भरपर्दो ल्याव नै छैन । भएको ल्यावमा पनि दक्ष स्वास्थ्यकर्मी नै छैनन ।
३. स्वास्थ्यकर्मीलाई अहिले पनि सुरक्षाका लागि बन्दोबस्त नै छैन तसर्थ स्वास्थ्यकर्मीहरुले विरामीको उपचार गर्न नमान्ने, अस्पतालमा किटनासक औषधी र समान्य औषधीको समेत अभाव भएकाले अस्पतालमा भर्ना गर्न नमान्ने
४. लग डाउन सफल पार्न सुरक्षा निकाय खटिएकाछन, उनीहरुलाई सामान्य रुपमा मास्कको समेत उचित ब्यवस्था हुन सकेको छैन ।
५. स्वास्थ्यचौकीहरुमा पहिलाको भन्दा एउटा पनि सिटामोल थपिएको छैन, न त सुरक्षाका लागि साधन नै पठाईएको छ ।
६. नाकाहरुमा स्थापना भएका अस्थायी जाँचकी केन्द्रमा बसेका जाँचकीहरुसित सुरक्षित हुने साधन नहुँदा उनीहरु मासिन नआउँदा कक्षमा देखिने र मानिस आए पछि भाग्नु पर्ने अवस्था रहेको छ । केवल नाम लेखाएर पठाउने ब्यवस्था मात्र छ ।
७. वडा सदस्यदेखी मन्त्री, मूख्यमन्त्री, पियनदेखी हाँकिमसम्मका आफन्तहरुलाई एक वा अर्को वाहानामा लग डाउनको अवधिभर रातारात उनीहरु जन्मेको स्थानमा पु¥याउने होडबाजी चलेको छ । कसले धेरै जन्मघर पु¥याउने र बहादुरी कमाउने ? भन्ने होड तिनै पदधारीहरुको चलेको छ । मूख्य जोखिम यसैमा रहेको छ ।
८. गाउँ गाउँमा जे संभव छ, सोही आधारमा क्वारेनका लागि अस्थायी वास स्थान बसेकाछन, उक्त वासस्थानमा बस्नु अपराध गरेको जस्तो हो भन्ने बुझाई जनताको छ भने सकभर आफनो मान्छेलाई वसाल्लन दिनुहुन्न भन्ने धारणा जनप्रतिनिधि, कर्मचारी, शिक्षकको रहेको छ ।
यी सामान्य कुराको पनि अहिलेसम्म जोहो हुन सकेको छैन । जसका कारण नेपालमा कोरना राम भरोसामा छ । जे गर्छन पुशपतीनाथले गर्छन, जे गर्छन हाम्रा देवी देवताले गर्छन, तपोभूमी हो नेपाल हामी सबैको रक्षा तिनै देवताले गर्छन भन्ने धारणा सबैले बनाएको पाहिन्छ । त्यसैले त घरको अगाडि ढोकामा पशुपतिनाथले तिलक फालेकाछन भनेर घरको अगाडि दैलो खोतल्नेको भिड थियो अस्ति । यी र यस्तै कारणले नेपालमा कोरना राम भरोसामा छ । यस विषमा पनि यतै नै चर्चा गरे काफी होला ।

खाऔं भरोसामा सत्ता र समाज

जहिले पनि नाङ्गाका कुरा बाङ्गा भन्ने नेपाली उखान छ, त्यसलाई परिमार्जन गरेर हेर्दा जहिले पनि मानसिक रुपमा गरिव नाङ्गाका कुरा बाङ्गा भन्दा राम्रो होला । हुन पनि कति अति ? भुकम्प गयो, सत्ताको उच्च आहोदामा बसेका जनप्रतिनिधिहरु कालो बजारीयासित मिलेर कमाउन शुरु, बाढीपैरो आयो हालत त्यही । हुँदा हुँदा त अहिले कोरनाले को मर्ने ? को बाँच्ने ? धन कमाएर पनि के गर्ने ? भन्ने अवस्थामा कालो धन कुम्ल्याउन नखोज्नु पर्ने हो तर कालोबजारीयाहरु, तस्करहरुसित मिलेर झन ठूलो भ्रष्टाचार ? हाम्रो नेपालको सत्ता यति भ्रष्ट भयो की तपाँई, हामी जो कोहीलाई पनि र भावी पुस्तालाई समेत भ्रष्ट बनाउने सोचको विकास नै गराईदियो । यदि भ्रष्टाचार गरेर कसैले सम्पत्ती आर्जन गरेन भने त्यसले केही गर्न सकेन भनेर समाजले हेलाँ गर्ने सँस्कारको विकास गराइदियो । यस पटक पनि त्यही दोहोरिएको छ । जसका उदाहरण हुन,
१. चीनबाट कृतिम सामान कालोबजारीयाहरुको भन्दा पनि महङ्गो दरमा खरिद गर्नु । दर्ता प्रमाणपत्र डुब्लिेकट बनाएर आसे पासेलाई खरिद गर्ने जिम्मा दिनु, लाज ढाक्न आर्मीलाई जिम्मा दिनु र लगभग भ्रष्टाचार भएको प्रमाणित भईसक्दा पनि राजीनामा नदिनु ।
२. अरुलाई अरुको चिन्ता घर ज्वाँईलाई खानको चिन्ता भने झै यति खेर संक्रमणलाई निस्तेज पार्न तिनै तहका सत्ताले प्रभावकारी योजना बनाउने, आवश्यक औषधी, जनशिक्त ब्यवस्थापन र परिचालन गर्ने, आगामी दिनमा परिनर्भरता हटाउने योजना बनाउनु, विज्ञहरुलाई अनुसन्धान गर्न लागाउनु हो । तर वडा सदस्य देखी उपप्रधानमन्त्रीसम्मकाहरु गरिव, मजदूरले खाना खान पाएनन, भोकै मरे भन्ने नारा लगाउन थालेकाछन । एक पोका तेल र एक बोरा चामल बोकेर कसरी आफनो भोट सुरक्षित गर्ने ? को पहिला जाने भन्न थालेका छन ।
३. पछिल्लो अवस्थामा हेर्दा यहाँ कसैलाई कोरनाको चिन्ता होइन कोही भिख माग्ने र कोही भिखदिने दाता बन्ने रहर छाएको छ । अहिले गाउँ देखी सहरसम्म यहि चलन चलेको छ । यो भन्दा राष्ट्रिय लज्जाको विषय अरु केही हुन सक्दैन ? नेपालमा अहिले पनि नगन्य रुपमा बढिमा २ हजारभन्दा बढि भिखारी कोही छैनन । चामल नपुगेका होला तर अन्न नपुगेर भोकै मर्नु पर्ने एकजना पनि नेपाली छैनन । हाम्रो सत्ता र समाजले जहिले पनि कमजोर पक्षलाई किन भिखारी र मगन्ते बनाउन बाध्य बनाउँछ ? कारण सामान खरिद गर्दा कमिशस आउँछ, थोरै किनेर धेरैको विल बनाउन पाहिन्छ ? यहि त होला ? यस विषयमा यती मात्रै भनौं, धेरै भन्नु पर्ने र सुन्नु पर्ने आवश्यकत नै छैन ।

अबको निकास र विकास यस्तो होला की ?

मैले हाम्रो सत्ता र कालोबजारीयाहरुको झुण्डलाई एउटा प्रश्नरुपी सुझाव दिन चाहान्छु । यो कोरना भाईरसको महामारिबाट पाठ सिक्दै
१. नेपालमा मानव रक्षाका लागि राष्ट्रिय अनुसन्धान प्रयोगशाला स्थापना गरिएला की ? वैज्ञानिकहरु उत्पादन र विश्वबाट खरिद गरी यस्ता महामारि रोगहरु पत्ता लगाउने, औषधी र उपकरण बनाउने, नियन्त्रण गर्ने आविस्कार केन्द्र स्थापना भएर विश्वमा नै नाम कमाउन सकिएलाकी ? सामान्य किटको पनि परनिर्भताबाट मुक्ती हुन सकिएलाकी ? के गर्ला हाम्रो सत्ताले अब ?
२. जनता महामारिले आजीत भएको अवस्थामा केवल खान पाएरनन भनेर कोही भिखारी र कोही अन्नदाता बनेर गाउँ गाउँमा अफवा फैलाउने कार्य बन्द गर्न उद्योगधन्दा, कलकारखाना र ठूल्ठूला कृषि फर्महरु र प्रविधि निर्माण कम्पनी स्थापना गर्न यहाँका कालोबजारीयाहरुको झुण्ड र तिनै तहको सरकार लागि पर्ला की ?
३. जनताले भ्रष्ट र दुरदृष्टि नभएका नेताहरु नचुन्ने संस्कारको विकास होला की ? चुनालको बेला एक बोतल मदिरा र एक चौटा मासुमा बिकेर भोट दिने र महामारी फैलिएको बेला हात थापेर पाएको एक किलो चामल र एक पाउ दालमा चित्त बुझाउन चिन्तन हटला की ?
४. स्वदेशमा केही गर्न सकिदैन, पाखुरी बजार्न पासपोर्ट बनाएर विदेश नगएसम्म हाम्रो उन्नती प्रगती हुन सक्दैन भन्ने नेपालको युवा जमात र एक्कासौं सताब्दीमा पनि मान्छे बेच्न खोलिएका हजारौं कम्पनीहरु बन्द भई आत्मनिर्भर, समृद्ध समाज यहि बसेर पनि हुन्छ भन्ने मानसिकताको विकास होला की ? यसका लागि कुरामा होईन, काम मै हाम्रो सरकारले नीति, ऐन, कानुन र बजेट बनाएर समदुरीको सिद्धान्तमा आधारित कार्य प्रारम्भ गर्ला की ?
५. भोटका लागि, समाजको सबैभन्दा ठूलो र पहूँचवाल मै हुँ भनेर देखाउन आफैले बनाएको नियम उलंघन गर्दै जसरी कोरनाका लागि लग डाउन भएको बेला पास बनाएर मन्त्रीका मान्छै हौं भन्दै पठाईयो र तिनै मान्छे गाउँमा गएर गाउँकालाई धम्की दिदै दिनभर मदिरा खाने, केटी जिस्काउने, तास खेल्ने र लग डाउन पालना नगर्ने गरेकाछन, यो कालो संस्कार र संस्कृतिको अन्त्य होला की ? हामीले यस्तो कार्य गर्नु हुँदोरहेनछ भनेर पहुँचवाला र पहुँचवालाकाले सोच्ने दिनको विकास होला की ?
६. महामारी फैलदाँ नेपालका स्वास्थ्यकर्मीले सामान्य रक्षाका लागि कपडा नपाउने, अस्पतालमा उपकरण र औषधी नुहने र राम भरोसामा जो मर्छ मर्छ, जो जसरी बाँच्छ बाँच्छ ? भन्ने अवधारणा बदलिएला की ?
लेखक ज्वालागढी वहुउद्देश्यीय उद्यम प्रा.लि. सुर्खेतका अध्यक्ष तथा उद्योग वाणिज्य महासंघ कर्णाली प्रदेशका सदस्य हुनुहुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *