‘त्रसित नभई सर्तककासाथ वस्न आग्रह’

मातृभूमी संवाददाता । २३ चैत्र दैलेख
नारायण नगरपालिका वडा नं. ६ का अध्यक्ष प्रकाश न्यौपानेले आम नागरिकहरु कोरोना भाइरस (कोभिड–१९) को संक्रमणको जोखिमवाट वची त्रसित नभई आफ्नो स्वास्थ्यको ख्याल राख्दै उच्च सर्तकताकासाथ वस्न आग्रह गरेका छन् । आइतवार आफ्नो वडामा राहत वितरण गर्दै अध्यक्ष न्यौपानेले वडावासीहरुलाई आफ्नो स्वास्थ्यको ख्याल राख्दै त्रसित नभई कोरोना संक्रमणवाट वच्न आग्रह गरेका हुन् ।
कोरोना संक्रमण फैलिन नदिन सरकारले लकडाउन गरेपछि प्रभावित बनेका वडासीलाई आइतवार वडा कार्यालयमा राहत वितरण गरिएको छ । नारायण नगरपालिका वडा नं. ६ ले अतिविपन्न, असाहय र मजदुरवर्गका नागरिकको छाक गुजार्न मुस्कील परेका वेला राहत वितरण गरिएको अध्यक्ष न्यौपानेले वताए ।
नारायण नगरपालिकाले शनिवारदेखि त्यस्ता व्यक्तिलाई राहत वितरण कार्य थालेका वेला यस वडाले पनि नागरिको समस्यालाई मध्यनजर गर्दै १३७ घरधुरीका परिवारलाई राहत वितरण गरिएको वडा अध्यक्ष न्यौपानेले वताए । अध्यक्ष न्यौपानेका अनुसार सरकाले गरेको लक डाउनको पालना गरी आम नागरिकलाई सुरक्षित रहन आग्रह गरिएको छ । अध्यक्ष न्यौपानेले वडामा कुनै समस्या भएमा आफुलाई तथा अन्य जनप्रतिनिधिहरुलाई खवर गर्न अनुरोध गरेका छन् । वडावासीको स्वास्थ्य सुरक्षाका लागि अफु हरदम तयार रहेको अध्यक्ष न्यौपानेले वताए ।
राहत सामग्रीमा परिवार संख्या दुई भएकालाई साढे १२ केजी चामल, दाल २ केजी, नुन २ केजी, तेल १ लिटर र हातधुने सावुन २ पिस रहेको छ भने परिवार संख्या दुई भन्दा वढि भएकालाई २५ केजी चामल, दाल २ केजी, नुन २ केजी, तेल १ लिटर र हातधुने सावुन २ पिस रहेको वडा अध्यक्ष न्यौपानेले जानकारी दिए ।

यस्तै नारायण नगरपालिका दैलेखका प्रमुख रत्नवहादुर खड्काले राहतमा पाएकाे सामाग्री दुरूपयाेग नगरी घरपरिवार सम्म पुर्याइ जिविकाे गुजार्न अनुराेध गरे । प्रमुख खड्काले राहत सामाग्री वितरण गरिएका टाेलहरूमा अनुगमन गरिने र दुरूपयाेग भएकाे पाइएमा कडा भन्दा कडा कारवाही गरिने वताए ।
राहतका लागि टोल टोलमा लागत संकलन गरिएको र जनप्रतिनिधीको रोहवरमा खाद्यान्न सामाग्री वितरण गरिएको वडा सदस्य उदय सुवेदीले वताए । साथै छुटेका अति आवश्यक र विपन्न परिवारको लागत संकलन गरी आवश्यकता अनुसार वितरण गरिने सुवेदी वताउँछन् ।
वडाको मापदण्ड अनुसार आफ्नो आयश्रोत तथा जायजेथा नभएका, अरुको सहयोग तथा सहारामा बस्दै आएका व्यक्तिलाई असहाय भनेको छ । त्यस्तै आम्दानीको कुनै स्थायी श्रोत नभएका, दैनिक जीवन गुजारा गर्न धौधौ पर्ने सम्बन्धित वडाले अति विपन्न हो भनेर प्रमाणित गरेका व्यक्ति र परिवारलाई अतिविपन्न मानिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *